चीनले ‘करेन्सी म्यानिपुलेट’ गरेको अमेरिकी आरोप

एजेन्सी – अमेरिकाले चीनलाई आधिकारिक रूपमा मुद्रासँग छेडछाड गर्ने (करेन्सी म्यानिपुलेटर) देश घोषणा गरेको छ । व्यापारमा अनुचित प्रतिस्पर्धी गरी फाइदा लिन युआनको प्रयोग गरेको आरोप लगाएको छ । अमेरिकी भनाइसँगै विश्वका सबैभन्दा दुई ठूला अर्थव्यवस्था भएका देशबीच विवाद अझै बढ्ने देखिएको छ ।

अमेरिका र चीनबीच व्यापार वार्ताका विषयलाई लिएर तनाव भइरहेको छ । चीनले आफ्नो मुद्रा युआनलाई अमेरिकी डलरभन्दा सात गुणा कमजोर बनाएको अमेरिकी भनाइ छ। अमेरिकी अर्थ मन्त्रालयले भनेको छ, ‘अमेरिकी अर्थमन्त्री स्टीभन न्यूचिनले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा चीनलाई मुद्रासँग छेडछाड गर्ने देशको रूपमा राख्नुभएको छ ।’

अमेरिकाको घोषणासँगै अर्थमन्त्री न्यूचिन अन्तर्राष्ट्रिय मुद्राकोषसँग सम्पर्क गर्नेछन् । यसबाट चीनले गर्दै आएको अनुचित प्रतिस्पर्धा रोक्न सहयोग मिल्ने अमेरिकी दाबी छ ।

यसअघि राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भने, ‘चीनले अनुचित व्यापार गतिविधि र मुद्रा विनियम दरमा छेडछाड गरी अर्बौं अमेरिकी डलर अमेरिकासँग लिँदै आएको छ । उसले अझै यस्तो काम जारी राख्न चाहेको बताउँदै ट्रम्पले यस्तो काम तत्काल रोक्नुपर्ने माग गरे ।

अर्थ मन्त्रालयले पीपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफ्नो बयानमा चिनियाँ मुद्रामा हेरफेर गरेको व्यापक अनुभव भएको उल्लेख गरेको र यसका लागि तयार रहेको उल्लेख गरेको अमेरिकी भनाइ छ ।

ट्रम्पले सन् २०१६ मा राष्ट्रपतीय चुनावी अभियानका क्रममा चीनले आफ्नो मुद्रासँग छेडछाड गर्ने देशको सूचीमा राख्ने बताएका थिए । अर्थ मन्त्रालयले भने उक्त भनाइ अस्विकार्दै चीनलाई निगरानी सूचीमा राखेको थियो ।