खसीबोकाको मूल्य तोकियो

काठमाडौं- नेपाल खाद्य संस्थानले यसपालि दसैंमा बेच्ने खसीबोकाको मूल्य प्रतिकिलो चार सय ६ देखि चार सय २५ रुपैयाँसम्म तोकेको छ। यो मूल्य पोहोरको तुलनामा सातदेखि १० प्रतिशतसम्म बढी हो।

पोहोर २० किलोसम्मको जिउदो खसी प्रतिकिलो तीन सय ७० रुपैयाँको दरमा बेचेको संस्थानले यसपालि चार सय ६ रुपैयाँ प्रतिकिलो मूल्य तोकेको छ। २० देखि ३० किलोसम्मको चार सय १८ रुपैया” तोकिएको छ। पोहोर २० देखि २५ किलोसम्मको मूल्य प्रतिकिलो तीन सय ८५ रुपैयाँ थियो।

संस्थानका अनुसार ३० किलोमाथि खसीबोकाको मूल्य प्रतिकिलो चार सय २५ रुपैया” तोकिएको छ। पोहोर तीन सय ९५ रुपैया” थियो। संस्थानले बेच्ने खसीबोकाको मूल्य पोहोर जस्तै हुने हुने बताइए पनि आयात गर्दाको ढुवानी खर्च जोडेर बेच्दा केही बढेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले बताए।

घटस्थापनाको दिनदेखि नै बिक्री थाल्ने भनिए पनि संकलन गर्न ढिलो भएकाले बिक्री पनि ढिलै सुरु भएको उनले जानकारी दिए। संस्थानले यस वर्ष तीन हजार चार सय खसीबोका बेच्ने तयारी गरेको छ। संस्थानका अनुसार यस वर्È बा”के, सुर्खेत, लहान, उदयपुर सिरहा, जनकपुर वीरगन्जलगायत ठाउँबाट खसीबोका ल्याइँदै छ। बिक्री सुरु गर्न केही ढिलो भए पनि संस्थानले उपलब्ध गराउने खसीबोका उपभोक्ताका लागि पर्याप्त हुने प्रवक्ता उपाध्यायको भनाइ छ।

दसैंका लागि विभिन्न ठाउँबाट भेडाच्यांग्रा पनि काठमाडौं भित्रिन थालेका छन्। चौपाया खरिद बिक्री सेवा संघमा आवद्ध व्यवसायीले यो वर्ष पाँच हजार भेडाच्यांग्रा बेच्ने तयारी गरेका छन्। तीन दिनअघि काठमाडौं भित्रिन थालेका भेडाच्यांग्रा चार सयवटा बिक्री भइसकेको संघका अध्यक्ष दिपक थापाले बताए। यस वर्ष पहिरोका कारण तिब्बती भेडाच्यांग्रा ल्याउने मुख्य बाटो अरनिको रागमार्ग बन्द भएकाले मुस्ताङ र अन्य नाकाबाट ल्याइएको उनले जानकारी दिए। काठमाडौंको कलंकी, नयाँबसपार्क, भक्तपुर सल्लाघारीलगायत स्थानबाट भेडाच्यांग्रा बिक्री हुने उनले बताए। संघले भेडाच्यांग्राको मूल्य प्रतिकिलो पाँच सय ५० तोकेको छ। यो पोहोरको तुलनामा १० प्रतिशत बढी हो। मासुको मूल्य पनि गत वर्षभन्दा केही प्रतिशतले बढेका कारण यो वर्ष जिउँदो खसीको मूल्य किलोमा १० देखि १५ रुपैयाँ बढेको थापाले बताए।

…आन्तरिक उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट आयात गर्दा महँगो तिर्नुपर्छ,’ थापाले थपे, …त्यसैले पनि बजारमा मूल्य बढेको छ।’ जिउँदो खसी र बोकाको मूल्य किलो र स्वास्थ्यका आधारमा निर्धारण गरिने उनले बताए। संघमा आवद्ध व्यवसायीले भारतका विभिन्न राज्य तथा नेपालगन्ज, सुर्खेत, सल्यान, जनकपुर, गौर, सर्लाही, नुवाकोटबाट खसीबोका ल्याउने गरेका छन्।

बजारमा ३० देखि ४० किलोको च्यांग्रा बिक्री हुने गरेको व्यवसायी बताउँछन्। संघले यो वर्ष दसैंमा पाँच हजार भेडाच्यांग्रासहित ३० हजार खसीबोका आयात गर्ने थापाले जानकारी दिए। उनका अनुसार २० हजार भारतबाट र १० हजार नेपालकै विभिन्न ठाउँबाट ल्याइने छ। …अघिल्लो बर्ष संघमा आवद्ध व्यवसायीले ४५ हजार खसीबोका बेचेका थिए,’ उनले भने। यो वर्ष पनि माग धेरै बढे अरु जिल्लाबाट थप आयात गरिने उनले बताए। उनका अनुसार संघले उपभोक्ता र व्यवसायीको आवश्यकता हेरी घटस्थापनाको पाँच दिनअघि नै आयात सुरु गरेको थियो।

राजधानीलगायत देशभर दसैंको बेला खसीबोका अत्यधिक माग हुन्छ। दसैंमा उपत्यकामा करिब ६० हजार खसीबोका कारोबार हुने र १२ लाख किलो मासु खपत हुने पशु सेवा विभागको तथ्यांक छ। गत वर्ष दसैंको बेला कुखुरामा बर्डफ्लु देखिएपछि खसीको माग निक्कै बढेको थियो। संस्थान र संघमा आबद्ध संगठित व्यवसायीसँगै किसानले व्यक्तिगत रुपमा पनि खसीबोका ल्याएर बिक्री गर्छन्। नेपालमा वार्षिक १७ अर्बको खसीबोका कारोबार हुने संघको तथ्यांक छ।