अन्तरिक्ष भ्रमणको भविष्य धनीहरुका लागि मात्र

सीएनएन – अन्तरिक्ष सम्बन्धी क्रान्ति नजिकिँदै गर्दा प्राविधिक उद्यमीहरुले पृथ्वी बाहिर पनि व्यवसाय गर्ने बाटो खुलाइरहेका छन् । थुप्रै अर्बपतिहरु लगायत ठुल्ठुला रकेट कम्पनीले अन्तरिक्ष यात्रामा जान चाहने पर्यटकहरुले अब छिट्टै यसको रोचक अनुभव लिन पाउने बताइरहेका छन् । तर अर्कोतर्फ अन्तरिक्ष पर्यटन जति फस्टाए पनि लामो समयसम्म अत्यन्तै महङ्गो क्षेत्र रहिरहने कुरालाई पनि कसैले नकार्न सक्दैन । जसकारण विश्वका केबल १ प्रतिशत मान्छेले मात्र सो विकासको उपयोग गर्न पाउने बताइएको छ ।

इन्टरनेसनल स्पेस स्टेसन, आइएसएस मा केबल एक दिन बसेकै लाखौँ डलर लाग्नेछ । स्पेस अड्भेन्चर नामक एउटा समुहले केही वर्ष अगाडिदेखि नै रुसद्वरा निर्माण गरिएको रेकट मार्फत धनी व्यक्तित्वहरुका लागि अन्तरिक्ष उडानको अवसर प्रदान गर्दै आइरहेको छ, र हालसम्म यसले सात जना ग्राहकलाई सेवा दिसकेको छ ।

सबैभन्दा पछिल्लो पटक कम्पनी क्रिक डु सोलेलीका अर्बपति गाइ ललिल्बर्टले ३ करोड ५० लाख तिरेर केही हप्ता अन्तरिक्षमा बिताएका थिए । यसरी केही महिना अगाडि नासाले पनि अमेरिकी भूभाग निजी अन्तरिक्षयात्रीहरुका लागि खुला गरिएको घोषणा गरेको थियो र प्रति व्यक्तिको ५ करोड २० लाख डलरसम्म खर्च लाग्ने बताएको हो ।

यता स्पेस एक्सले पनि जापानी अर्बपतिसँगको सहकार्यमा अर्को दशकसम्म चन्द्रमा यात्रालाई व्यवसायिक बनाउने योजना सार्वजानिक गरेको छ । यसबीच सबैभन्दा सस्तो अन्तरिक्ष अनुभवका निम्ति रिचर्ड ब्रान्सनको कम्पनी, भर्जिन ग्यालाक्टीकले भने ९० मिनेटको उडानका लागि प्रतिव्यक्ति २ लाख ५० हजार डलरसम्म लिने योजना बनाइरहेको छ । त्यो भनेको अमेरिकामा एउटा घरको मूल्य बराबर हुन्छ । भर्जिनका ग्राहकहरुले ६ सिटयुक्त अन्तरिक्ष विमानमा सवार भइ पृथ्वीबाट ४० हजार फिट माथि यात्रा गर्न पाउनेछन् जहाँदेखि अन्तरिक्ष सुरु हुन्छ ।

यसरी ग्यालाक्टिकले अहिलेको शुल्क दर ध्यानमा राख्दै सो सस्तो सेवाबारे विचार गरिरहेको बताएको छ । हालै खुलासा भएका केही डक्युमेन्टमा अन्तरिक्ष यात्राका लागि आवेदन दिने ६०० मानिसहरुमा अधिकांशको कूल सम्पति १ करोड डलर भन्दा अधिक रहेको पत्ता लागेको हो जसमा एक तिहाइको २ करोड डलर वा सो भन्दा बढी सम्पति रहेको छ । त्यसैले ब्रान्सनले आफूले सम्भवतः सबैभन्दा कम शुल्क राख्ने वचन दिएका हुन् ।

कपितय विश्लेषकहरु अन्तरिक्ष उडानको महङ्गाइ घट्दै जानेमा पनि विश्वास राख्छन्, किनकी समयसँगै प्रविधिको मूल्य पनि कम हुँदै जानेछ । तरपनि मान्छेहरु आफ्नो आधा भन्दा बढी सम्पति एकपटकको अन्तरिक्ष यात्रामा खर्चिन तयार देखिएको हुँदा भर्जिनले टिकटको शुल्क ९० प्रतिशतले घटाएपनि लक्षित ग्राहकहरुको कूल सम्पति १० देखि २० लाख डलर हुनैपर्ने हुन्छ ।

यस्तोमा अन्तरिक्ष भ्रमण पृथ्वीका अधिकांश मान्छेका लागि पहुँच बाहिरको कुरा हुने निश्चित देखिन्छ । अहिलेका सबैभन्दा प्रख्यात अन्तरिक्ष दूरदर्शीहरुमा तीन अर्बपति, स्पेसएक्सका प्रमुख एलेन मस्क, ब्रान्सन र ब्लु अरिजिनका संस्थापक जेफ बेजोस रहेका छन् । उनीहरुका योजनामा कैयौँले समर्थन जनाइसकेका छन् भने आलोचकहरुले चाहिँ जटिल प्रश्न उठाइरहेका छन् । तरपनि विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरुले कस्तो भविष्य निर्माण गर्लान् भन्नेबारे सबै उत्साहित छन् ।