लन्डन (जीएनएन) — कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ । विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे आधारभुत प्रशिक्षण विषयगतविज्ञ चिकित्सकहरुले सहजीकरण गरेका थिए। उक्त तालिममा मध्यपुर्वका कतार, युएई,...
इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई विजयी गराउन ड्यानी इंग्सले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हारका बाबजुद लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा यथावत छ...
हाम्रा सम्वाददाताबाट लन्डन — बेलायतको एनआरएन यतिबेला कानुनी र गैर कानुनी लडाईमा फसेको छ । गएको चुनावताका भएको खर्चको हिसाव किताव खोज्ने नाममा भएको लडाई मोर्चा मोर्चामा देखिएको छ । सतहमा यसखाले लडाई देखिए पनि खासमा लडाईको रेखी भने २०१७ को निर्वाचन ताकै कोरीएको हो । बास्तविकता के हो...
बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक शुरुआत गरियो । बेलायतले...
रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ । खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र...