अञ्चल प्रहरी कार्यालय राप्तीले ६१औँ प्रहरी दिवसका अवसरमा द्वन्द्वकाल तथा विभिन्न घटनामा परी सहादत प्राप्त गरेका प्रहरीहरुको ‘अमर प्रहरी स्तम्भ’ मा माल्यार्पण तथा श्रद्धाञ्जलि व्यक्त गर्दै प्रहरी र अमर प्रहरीका परिवार । तस्बिर: बालाराम खड्का दाङ ।
काठमाडौं । नेपाल र भारतबीचको उच्चस्तरीय प्रबुद्ध समूहको संयुक्त बैठक १९ सय ५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा सहमति जुटाउँदै समापन भएको छ। दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको दुई दिनसम्म भारतको राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा दुबै मुलुकका प्रतिनिधी सन्धी पुनरावलोकनमा सहमत भएका हुन् । नेपाली पक्षले सन्धीका...
काठमाडौं । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्न प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ठूलाठूला राजनीतिक सङ्कट र विवादलाई समेत प्रमुख दलको सहमतिमा नै सहजताका साथ अगाडि बढाइएको र मुलुकलाई निकास दिएको जनाउँदै उहाँले संविधान कार्यान्वयनमा पनि त्यस्तै...
मोरङ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताउनुभएको छ । चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चावहिलका कार्यालय प्रमुख, प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुससहित आज पक्राउ गरेको छ । जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकमसहित आयोगले नियन्त्रणमा लिएको आयोगले...
रत्ननगर । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त...
काठमाडौं । सरकार र मुख्य तीन दलले स्थानीय निकाय पुनर्संरचना आयोगलाई कात्तिक मसान्त भित्र प्रतिवेदन बुझाउन आग्रह गरेको छ । स्थानीय निकाय पुनर्संरचनाका विषयमा देखिएका विवादबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा दलहरुबीच सहमति भएको हो । छलफलमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय पुनर्संरचनामा देखिएको...