घूस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा एक सेवाग्राहीसँग रु एक लाख घूस लिँदालिँदै नापी कार्यालय बाँकेका नापी सर्वेक्षक जीवछ यादवलाई थलोमा नै पक्राउ गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि…

साउदीमा एक नेपालीको हत्या

कपिलवस्तु । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो । उनलाई बङ्गलादेशी कामदारको…

काँग्रेसको क्रियाशील सदस्यता सूची वेबसाइटमा

काठमाडौं ।  नेपाली काँग्रेसले क्रियाशील सदस्यको नामावली आज आफ्नो वेबसाइटमा राखेको छ । वेबसाइटमा जिल्लाअनुसार नयाँ र पुरानो गरी छुट्याएर नामावली प्रकाशित गरिएको हो । वेबसाइटमा क्रियाशील सदस्यको क्रियाशील नं नाम, थर, बुबा वा पतिको नाम र थर,…

प्रमुख दल र मधेसी मोर्चा सहमतिनजिक, सोमबार लिखित सम्झौता हुने

काठमाडौँ । प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच एकाध विषयमा बाहेक अरु विषयमा सहमति भएको छ । सिंहदरबारमा आज बसेको कार्यदलको बैठकमा मधेसी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका…

काँग्रेसको नेतृत्व दोस्रो पुस्तामा : सुजाता

अर्घाखाँची । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन अबको नेतृत्व दोस्रो पुस्तामा जानुपर्ने बताउनुभएको छ । पार्टीमा शीर्ष नेताहरुले भागबन्डाको राजनीति गरेकाले काँग्रेसमा समस्या उत्पन्न भएको…

माघ ५ अघिनै लिखित सहमति गर्ने तीन दलको निर्णय

काठमाडौं । प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउँदैँ लिखित समझदारी गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेता र कार्यदलसहितको बैठकले मधेसी…

सहमति हुन अझ केही समय लाग्ने

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले आउँदो माघ ५ गतेसम्ममा पनि मुलुकले निकास पाउँछ भन्नेमा आफूलाई विश्वास नलागेको बताउनुभएको छ । नेताहरुको मानसिकतामा अझै पनि परिवर्तन नआएकाले सहमति हुने सम्भावना न्यून देखेको उहाँको भनाइ थियो ।…

वार्ताका लागि मधेसी मोर्चा गम्भीर देखिएन : उपप्रम रावल

विराटनगर । उपप्रधानमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मुलुकको संविधान प्रगतिशील र अग्रगामी रहनुका साथै दक्षिण एसियाका कुनै मुलुकको संविधानभन्दा कम अधिकार सम्पन्न नरहेको बताउनुभएको छ । नेकपा (एमाले) मोरङद्वारा आज विराटनगरमा…