राष्ट्रपतिबाट नवनियुक्त मन्त्री चन्दलाई सपथ

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन महाराजगन्जमा आयोजित सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्रीद्वय कमल थापा र भीम रावल, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द तथा नेता पशुपतिशम्शेर जबरा, मन्त्रीगण, मुख्यसचिव, प्रधानसेनापतिलगायतको समारोहमा उपस्थिति थियो । नवनियुक्त मन्त्री चन्द राप्रपाका केन्द्रीय सदस्य तथा सांसद हुनुहुन्छ । चन्द मन्त्री नियुक्त हुनुभएपछि वर्तमान मन्त्रिपरिषदको सदस्य सङ्ख्या ४१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.