अध्यक्ष दाहाल र नेता पौडेलबीच भेटवार्ता

0

काठमाडौं । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहाललाई भेटन आज उहाँकै निवास लाजिम्पाट पुग्नुभएका नेता पौडेललाई संविधान निर्माणमा सहयात्री दलबीचको एकता र सहकार्यले मात्रै संविधानको कार्यान्वयन गर्न सहज हुने भन्दै सो आग्रह गर्नुभएको हो ।
विभिन्न वाधा र अवरोध पन्छाएर प्रमुख दलको सहमतिमा नेपालको संविधान जारी गरिएको भन्दै अध्यक्ष दाहालले सीमाङ्कनलगायत मधेसवादी दलका तर्फबाट व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गर्न पनि ठूला दलको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।
संविधानको पूर्ण कार्यान्वयन सबैको प्रमुख चुनौती भएकाले त्यसमा सबै दल लाग्नुपर्ने, सरकार र प्रमुख प्रतिपक्षी भनेर बस्ने अवस्था नभएकाले काँग्रेसलाई सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालको आग्रहमा नेता पौडेलले प्रमुख दलको सहमति नै राष्ट्रको प्रमुख आवश्यकता रहेको भन्दै त्यसमा सहयोग गर्न आफ्नो दल तयार रहेको धारणा राख्नुभएको थियो ।
मुलुकको समस्या समाधानका लागि प्रमुख दलको सहमति अत्यावश्यक रहेको भन्दै नेता पौडेलले त्यसका लागि काँग्रेस बाधक नहुने बताउनुभएको उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.