काँग्रेस जिम्मेवार प्रतिपक्ष

0

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । काँग्रेस क्षेत्र नं ४ चितवनले आज फूलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा उहाँले हतारमा पार्टी सरकारमा जान नहुने बताउनुभयो । मधेसमा देखिएको समस्या समाधान नहुँदै सरकारमा जाँदा काँग्रेसलाई दीर्घकालीन असर पर्ने बताउँदै उहाँले काँग्रेसको अगुवाइमा तराईका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले भूकम्पपीडितलाई राहत दिन नसकेको, कालोबजारी रोक्न नसकेको, संवैधानिक निकायमा राजनीतिकरण हाबी भएको आरोप लगाउँदै उहाँले यसले सरकारलाई अप्ठ्यारामा पार्ने बताउनुभयो । सत्तामा रहेका तीन ठूला दलसमेत मिल्न नसक्नु नेतृत्वको अक्षमता भएको उहाँको टिप्पणी थियो ।
सो अवसरमा पूर्वसांसद एवम् समाजसेवी मैयाँदेवी श्रेष्ठलाई सामाजिक र राजनीतिक क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्षेत्रीय सभापति सरिता केसीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.