प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई कांग्रेसले उचित सम्मान दिएन : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका छन् ।

पुष्पलालको ४४ औं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालका काम र योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरे । शहीद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उनको आरोप थियो ।

उनले भने, ‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई शहीद मान्दैन ।’

उनले भिमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ  सिरिङ्ङ  हुने भन्दै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी पनि कांग्रेसले नलिएको बताए ।

Leave A Reply

Your email address will not be published.