मतपरिणाम आउने क्रम जारी : कुन पार्टीले कति पालिका जिते ?

0

काठमाडौं : स्थानीय चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय २८ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

१ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । 

अहिलेसम्म नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा छ । यस्तै कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २३ पालिका जितेको छ । कांग्रेसले २ हजार १ सय ७५ वटा वडाध्यक्ष पद जितेको छ । 

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म एक सय ४७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले उपमेयर तथा उपाध्यक्ष १ सय ५७ वटा जितेको छ । एमालेले एक हजार ६ सय ९३ वटा वडाध्यक्ष जितेको छ । 

नेकपा माओवादी केन्द्रले १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले १ सय ८ वटा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । माओवादीले अहिलेसम्म ९ सय ८ वटा वडाध्यक्ष पद जितेको छ । 

नेकपा एकीकृत समाजवादीले ९ प्रमुख पद तथा पाँच वटा उपप्रमुख पद जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ । 

जसपाले १२ वटा पालिकामा अध्यक्ष र १० वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । 

अरु दल र स्वतन्त्रले गरी २१ वटा पालिका जितेका छन् । त्यस्तै १५ वटामा उपमेयर-उपाध्यक्ष जितेका छन् ।

Leave A Reply

Your email address will not be published.