भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध

0

एजेन्सी : भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । खाद्य सुरक्षाको जोखिम रहेको भन्दै तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको हो । घरेलु बजारमा गहुँको भाउ बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको आधिकारिक सूचनामा उल्लेख छ ।

भारतमा गहुँको पिठोको मूल्य बढेर प्रतिक्विन्टल ३,२९१ भारु पुगेको छ । एक वर्षअघि भारतको खुद्रा बजारमा गहुँको पिठोको औसत मूल्य प्रतिक्विन्टल २,८८० भारु थियो ।

यसैबीच, औद्योगिक राष्ट्रहरूको समूह जी७ ले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने भारतीय कदमको तत्काल निन्दा गरेको छ । जी७ का कृषिमन्त्रीहरूले शनिबार भारतको निर्णयको निन्दा गरेका हुन् ।

भारतीय अधिकारीहरूले यो प्रतिबन्ध स्थायी नहुने र परिमार्जन गर्न सकिने पनि बताएका छन् ।विश्वका प्रमुख गहुँ निर्यातकर्ता रुस, अमेरिका, क्यानडा, फ्रान्स र युक्रेन हुन् । यसमा ३० प्रतिशत हिस्सा रुस र युक्रेनको हुने गर्छ ।

अहिले यी दुई प्रमुख निर्यातकर्ता युद्ध गरिरहेका छन् । यसले गहुँको निर्यातलाई प्रभावित बनाएको छ र विश्वव्यापी मूल्य वृद्धिको कारण बनेको छ ।

Leave A Reply

Your email address will not be published.