काठमाडौं : डडेल्धुराको गन्यापधुरा गाउँपालिका एकमा नेपाली कांग्रेस बीपीले नेपाली कांग्रेसलाई पराजित गरेको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको एकमा कांग्रेस बीपीले १ सय २९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो ।
‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६ सय ७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५ सय ४४ मत मात्रै प्राप्त गरेका छन् ।
कांग्रेसबाट निस्काशित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरेको हो ।
डडेल्धुरामा करुवा र नेकपा एमालेबीच चुनावी तालमेलसमेत रहेको छ ।