मस्यौदामाथिको छलफल जारी

काठमाडौँ, २२ असार । संविधानको मस्यौदामै स्थानीय निकायको निर्वाचनको मिति उल्लेख गर्न सभासद्हरुले माग गर्नुभएको छ । संविधानसभामा संविधानकोे मस्यौदाको सैद्धान्तिक पक्षमाथि भइरहेको छलफलमा आज भाग लिने सभासद्हरुले ‘पूर्ण प्रेस स्वतन्त्रता हक’…

विश्वका जेठा व्यक्तिको ११२ वर्षको उमेरमा निधन

टोकियो, २२ असार । विश्वका सबैभन्दा जेठा व्यक्तिको निधन भएको छ । जापानी नागरिक साकारी मोमोयीको ११२ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरुले जनाएका छन् । जापानी अधिकारीहरुले यही आइतबार उहाँको निधन भएको बताएका छन् । जापानको साइतामा नगरका…

प्रचण्डको भारत भ्रमण

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल एमाओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन भारत सरकारको सकारात्मक भूमिकाको खोजी गर्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएको छ । असार २९ देखि साउन २ गतेसम्म हुन लागेको आफ्नो भारत भ्रमणबारे…

हत्या आरोपित ज्वाइँससुरा पक्राउ

भक्तपुर, २२ असार । सासूससुरा र लोग्ने मिलेर बुहारीको हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिषर भक्तपुरले ज्वाइँससुरालाई आज पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ झौखेलकी सविता काफ्ले न्यौपानेको गत जेठ ३२ गते…

राष्ट्रपति ओबामा सैन्य अधिकारीबीच छलफल

वासिङटन, २२ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सैन्य गतिविधि अद्यावधिक गर्नकालागि पेन्टागनको भ्रमण गरी सैन्य अधिकारीहरूसँग छलफल गर्नुभएको छ । राष्ट्रपति ओबामाको ‘दुर्लभ’ भ्रमणमा अमेरिकाले मुस्लिम राज्यविरुद्ध चलाएको अभियानको बारेमा…

कांग्रेसको अधिवेशन सार्न सुझाव

काठमाडौं, २१ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौ महिनामा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसअघि असार १७ र १८ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा सम्पन्न…

निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको निर्णय कार्यान्वयन

काठमाडौँ, २१ असार । श्रम तथा रोजगार मन्त्रालयले आजदेखि मलेसियासहित सात खाडी मुलुकमा निःशुल्क प्रवेशाज्ञा र टिकटमा कामदार पठाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । सो निर्णयप्रति वैदेशिक रोजगारमा जाने कामदारबाट मनलाग्दी रुपमा रकम असुलिरहेका…

समितिको बैठक

श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध संसदीय समितिको सिंहदरबारमा सोमबार बसेको बैठक । समितिका सभापति प्रभु साहको अध्यक्षतामा बैठक बसेको थियो ।

सेवा केन्द्रलाई हस्तान्तरण

नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाडौँ विकास प्राधिकरणले नन्दीकेशर बगैँचाको व्यवस्थापन सामुदायिक सेवा केन्द्रलाई हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह ।

तुइनबाट भेरी नदी तर्दै

वषौँदेखि भेरी नदीमा पुल नबन्दा जाजरकोटको डाँडागाउँ र रुकुमको घेत्माका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी तर्न बाध्य छन् ।