तौलिहवामा निषेधाज्ञा जारी

कपिलवस्तु, ३ भदौ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा निषेधाज्ञा जारी गरिएको छ । सिमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम तौलिहवामा बिहीबारबाट निषेधाज्ञा जारी गरेको हो । प्रहरीले…

नियन्त्रणमा लिएका मधेसी कार्यकर्ता रिहा

झापा, ३ भदौ । झापाको विर्तामोडमा जबर्जस्ती यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका स्थानीय शान्ति समिति झापाका अध्यक्ष एवम् सद्भावना पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेशलगायतका मधेसी कार्यकर्ता रिहा गरेका छन् ।…

सुर्खेतमा सरकारी कार्यालय कब्जा गर्ने तयारी

सुर्खेत, ३ भदौ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राज्यको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै आएका सुर्खेतका आन्दोलनकारीहरुले शान्त भएको प्रदर्शन फेरी चर्काउन थालेका छन् । उनीहरुले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन सुरु गरेका…

वाक्य पूरा गर्न सांसदलाई हम्मेहम्मे

काठमाडौँ, २ भदौ । अधिकांश सांसदलाई सभामुखको आग्रह हुन्थ्यो “सकौं माननीय सदस्य” । सांसद्को जवाफ हुन्थ्यो “सकियो हजुर ।” यद्यपि उहाँहरुले थप एकाध मिनेट बोल्न छाड्नु भएन । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७२ को विभिन्न…

म्याग्दीमा उत्पादित मह जापान निर्यात

बेनी, २ भदौ । यहाँका कृषकले उत्पादन गरेको मह जापान निर्यात हुन थालेको छ । जिल्लाको बेनी नगरपालिकाको ज्यामरुककोट, पुलाचौर, घतानका साथै पात्लेखेत, भगवती, कुहँ,, भकिम्लीलगायतका गाविसका कृषकले उत्पादन गरेको मह जापान निर्यात हुन थालेको हो ।…

नाग पूजा

नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा नागको मूर्तिमा पूजा गर्दै मुख्य पुजारी ।

नागपोखरीमा सेल्फी

नागपञ्चमीको अवसरमा नक्सालस्थित नागपोखरीमा नागको मूर्तिमा पूजा गर्न जाँदा सेल्फी तस्बिर लिँदै भक्तजन ।

सामाजिक सद्भाव कायम राख्न आग्रह

बाँके जिल्लाका हिन्दू, मुस्लिम, सिख, इसाई धर्मगुरुहरुले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । प्रस्तावित प्रदेशको सीमाङ्कनको विरोधमा बाँके जिल्ला आठ दिनदेखि बन्द रहेको छ ।

भूकम्प पीडितलाई बेल्जियमबाट १९ हजार यूरो

ब्रसेल्स, २ भदौ । नेपाली दूतावास बेल्जियमले भूकम्प पीडितका लागि १९ हजार एक सय पाँच यूरो जम्मा गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नयाँ बैंक खाता सञ्चालन गरेवापत ८ यूरो घटाएर गत जुलाई ३१ सम्म जम्मा भएको रकम प्रधानमन्त्री दैवी…

महिला जुटे मदिरा नियन्त्रणमा

पर्वत, २ भदौ । पर्वतको खानीगाउँ गाविसका महिलाले मदिरा नियन्त्रण अभियान सुरु गरेको छ । अनियन्त्रित रुपमा मदिरा बेचबिखन गर्ने तथा सेवन गर्दा महिला हिंसादेखि सामाजिक विकृतिसमेत बढेको भन्दै खानीगाउँ महिला सञ्जालले मदिरा नियन्त्रण अभियान सुरु…