घरको गारो भत्किएर दुईजनाको मृत्यु

बनेपा, ४ भदौ । काभ्रेपलाञ्चोकको टुकुचानाला-८ मा अविरल वर्षाका कारण गएराति घरको गोरो भत्किएर दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४१ वर्षीय लक्ष्मण केसी र ३५ वर्षीया गीता केसी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब…

धारिलो हतियार प्रयोग गरी हत्या

कावासोती, ४ भदौ । नवलपरासीको कावासोती–१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर…

भैरहवा बजार आजदेखि खुल्यो

बुटवल, ४ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिको आयोजनामा नौ दिनदेखि हुँदै आएको तराई बन्दका क्रममा लगातार बन्द रहेको रुपन्देहीको जिल्ला सदरमुकाम भैरहवा बजार आज बिहानैदेखि खुलेको छ । लगातार नौ दिनसम्म शान्तिपूर्ण…

स्वामी प्रपन्नाचार्यको निधन

काठमाडौं, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३:३० बजे मृगस्थली आश्रममा निधन भयो । उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उहाँले नेपाली भाषा,…

एनआरएन ईटालीको चुनावी गतिरोध समाप्त, कार्यसमिति निर्विरोध

चारदिशा । गैर आवासीय नेपाली संगठन ईटालीको नयाँ कार्यसमिति निर्विरोध घोषणा हुने भएको छ। निर्वाचन समितिले विहिवार एक सार्वजनिक सुचना जारी गर्दै अध्यक्ष पदका प्रत्याशी उर्मिला थोकरले निर्वाचन प्रकृयामा आफू सहभागि नहुने लिखित जानकारी दिएको र…

भैरहवामा गोली चल्यो, प्रदर्शनकारी घाइते

रुपन्देही, ३ भदौ । संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ । आन्दोलनमा उत्रिएका बन्द आह्वानकर्ता शान्तिपूर्ण आन्दोलन छाडी तोडफोड र आगजनीमा उत्रिएपछि भैरहवाको…

सार्क अर्थ मन्त्रीस्तरीय बैठक

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थ मन्त्रीस्तरीय सातौँ बैठकको उद्घाटन कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री सुशील कोइराला अर्थमन्त्री डा.रामशरया महतलगायत ।

प्रहरीसँगको मुठभेडमा मारिए कुमार ‘घैंटे’

काठमाडौं, ३ भदौ । ‘गुन्डा नाइके’ कुमार लामा ‘घैंटे’ प्रहरीसँगको मुठभेडमा मारिएका छन् । काठमाडौंको सामाखुसीस्थित रानीबारीमा विहीबार दिउँसो प्रहरीसँगको मुठभेडमा घैंटे मारिएका हुन् । गोली प्रहारबाट घाइते भएका घैंटेको उपचारका क्रममा त्रिभुवन…

आगालागीबाट रु दश लाखबराबरको क्षति

बनेपा, ३ भदौ । काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविस निवासी धनबहादुर ध्यावाको घरमा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । विद्युत् प्रवाहमा गडबडी भएर आगलागी हुँदा २०० ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय…

पहिरोमा पुरिएर श्रीमान्को मृत्यु, श्रीमती घाइते

गोरखाबजार, ३ भदौ । उत्तरी गोरखाको ल्हो गाविसमा झरेको पहिरोले गएराति एक वृद्धको मृत्यु भएको छ । तिब्बतसँग सिमाना जोडिएको ल्हो–९ गाउँका ७० वर्षीय पासाङ छिरिङ लामाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । माथिबाट पहिरोसँगै झरेको ठूलो…