चारदिशा बेल्जियम
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमद्वारा लुभेनमा मंगलबार आयोजना गरेको युरोप स्तरीय रनिङ् शिल्ड भलिबल प्रतियोगिता तमु समाज फ्रान्सले जितेको छ । बेल्जियम,नेदरल्याण्ड,फ्रान्स र लक्जेम्बर्गबाट गरी पाँच वटा टिम सहभागी भएको भलिबल प्रतियोगिता संघ वार्षिक कार्ययोजना अनुसार प्रत्यक बर्ष गरिदै आएको छ । बेल्जियमको ब्रुज ओस्टेन्डे टिम दोश्रो र एन आर एन नेदरल्यान्डको टिम तेश्रो भएका छन ।
खेलको माध्यमबाट एन आर एन को नयाँ पुस्तालाई एकताबद्ध गर्दै नेपालीपनको बिकासका लागि सहभागी बनाउन सकिने विश्वाश गरिएको यस् प्रतियोगिताको उद्घातन एन आर एनका केन्द्रिय उपढ्यक्ष कुमार पन्तले गर्नु भएको थियो ।
देशको इज्जत खेल र खेलाडीले रोशन गरेको विश्वमा धेरै देश रहेको उदाहरण दिदै ,बिशेष अतिथि एनआरएनएका उपाध्यक्ष कुमार पन्तले एनआरएनले गर्ने यस्ता प्रतियोगिताबाट हाम्रा नयाँ पुषतामा भएको प्रतिभाको बिकास गर्न सकिन्छ भन्दै एनआरएन सधैं यस्ता कार्यक्रमहरुका लागि सकारत्मक भएको उल्लेख गर्नु भयो ।
उद्घाटन कार्यक्रममा संघका केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ,अाईसीसी सदस्य जानकी गुरुङ लगायत बेल्जियम स्थित संघ सस्थाका प्रतिनिधिहरुको ऊपस्थिती रहेको थियो । नेपाली दुताबास बेल्जियमका कार्यबाहक राजदुत घनश्यम भण्डारी प्रमुख अतिथी रहेको कार्यक्रम एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षता र संचालन महासचिव लोक दाहालले गरेका थिए।
1f