सामन्तवाद, दलाल तथा नोकरशाही पूँजीपतिको विरुद्द संघर्ष गरौ ! नेपाली जनताको वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनमा एक्यबद्दता जाहेर गरौ !! भन्ने नारा सहित नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमले २० औ जनयुद्द दिवस भब्य रुपले मनाएको छ ।
मोर्चाको अध्यक्ष प्रेम पाठकको अध्यक्षतामा सहिदहरु प्रति स्रदान्जली अर्पण गर्दै सुरु गरिएको उक्त कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष मेख गुरुङले राख्नु भएको थियो । जनयुद्द दिवसको उपलक्षमा शुभकाना शहित नेपाली जनप्रगतिशिल मोर्चा युरोपको संयोजक विष्णु भुजेल, नेपाली जनजाती सरोकार मंच युरोपको संयोजक राम बहादुर गुरुङ तथा नेपाली जनजाती सरोकार मंच बेल्जियमको अध्यक्ष बदन योङ्गहाङ्गले जनयुद्दको महत्व तथा प्राप्त अधिकारको रक्षा गर्दै बाँकि कार्यभार पुरा गर्न सहि बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिनु भयो ।
२० बर्ष अघि जनयुद्दमार्फत मात्र नया जनवादी व्यवस्था सम्भव छ भन्ने सहि निस्कर्ष सहित अघि बढेको महान जनयुद्दले १० वर्ष पुरा गर्दासम्म नेपालको सामन्त, नोकरशाही, दलाल पूँजीपति लगायत सिंगो अन्तरास्ट्रिय समुदाय थर्कमान बनाउदै अघि बढेको तर जब क्रान्तिकारी नेतृत्वले आत्मसमर्पण गरे, जनमुक्ति सेना लगायत सबै क्रान्तिकारी संरचनाहरुको धोस्त पार्दै राष्ट्रघाती सन्धि सम्झौताहरु गर्न थालेपछि र सिमित क्रान्तिकारीहरुको वर्ग उत्थान हुन थाले पछि फेरी नेपाली जनताले ससस्त्र विद्रोहको पिकल्प देखेका छैनन् र महान बहस र अन्तरसंघर्ष बाट नेपाली जनतालाई धोका दिने सबैखाले नेतृत्वहरुसंग सम्बन्ध बिच्छेद गर्दै नया ढंगको वा बिकशित ढंगको संघर्ष खोजि हुन थयो l ठिक यतिनै बेला नेपाल कम्युनिस्ट माओवादी पार्टीले तय गरेको शैदान्तिक बाटो एकीकृत जनक्रान्ति नै बिकसित संघर्षको स्वरूप हो । आजको जनयुद्द दिवस यसै मर्ममा रहेर मनाउदा मात्र आम बर्गीय, जातिय, क्षेत्रिय तथा लिंगीय मुक्ति र मुक्तिको खातिर जीवन बलिदान गर्ने महान सहिदहरु, घाइते, बेपत्ता तथा परिवारजनहरुमा न्याय हुनेमा प्राय बक्ताहरुको जोड थियो ।
अन्तमा अन्तरक्रियात्मक कार्यक्रम गर्दै पहिचानको मुद्दा तथा चर्चामा आएको फरक परिभाषा, एकीकृत जनक्रान्तिको आधारभूत स्वरूप, नेपालमा जारी आन्दोलन यसको स्वरूप,विश्वास र भ्रम आदि विषयहरुमा गहन छलफल गर्दै संगठनको केहि महत्वपुर्ण निर्णय गर्दै कार्यक्रम र कार्यक्रमको लागि मेखलेन स्थित नोभोटेल होटेलको कन्फरेन्स हल उपलब्द तथा अन्य ब्यबस्थापन गर्नु हुने मेखलेन निवाशी संगठनको सदस्यहरुलाइ विशेस धन्यवाद दिंदै र संगठनको केहि दिर्घकालिन योजनाहरु पेश गर्दै अध्यक्ष प्रेम पाठकले समापन गरेका थिए । साथै नेकपा माओवादी चितवन जिल्ला समितिसंग सहकार्य गर्दै तत्कालिन अनेरास्ववियुक केन्द्रिय सदस्य तथा रामपुर क्याम्पस चितवनका स्ववियु सभापति सहिद मित्रमणि आचार्य लगायत लगायतका जनयुद्दका सहिदहरुको स्मारक बनाउन सहयोग गर्ने अाधिकारीक घोषणा गरिएको थियो ।