ब्रसेल्स । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष भवन भट्ट युरोपियन वैठकमा सहभागी हुन डेनमार्क कोपनहेगन जाने क्रममा वेल्जियम आउने कार्यक्रम रहेको छ । वेल्जियम वसाई को क्रममा गैर आवासीय नेपाली संघ वेल्जियमका साथीहरु संग भेटघाट गर्ने समय उपलब्ध गराएको जानकारी गराउदछु । गैर आवसिय नेपाली संघ बेल्जियमका अध्यक्ष, महाचिव लागाएत अन्य पदाधिकारी तथा सदस्यहरु पुर्व निर्धारित कार्यक्रम अनुसार आजै २६ जुलाई कोपनहेगन जाने र महासचिव समेत भोली २७ मै कोपनहेगन जाने निश्चित भएको हुँदा गैर आवसिय नेपाली संघका उपाध्यक्ष पदम गुरुङको संयेजकत्वमा कार्यक्रमको संमायोजन गर्न अनुरोध गर्दछौं । सो कार्यक्रम २८ जुलाई साँझ ६ वजे व्रल्सेस स्टाट टेष्ट अफ एसियामा भेटघाट तथा रात्रिभोज कार्यक्रम आयोजना गर्नु हुन सादर अनुरोध गर्दछौं । उहाँहरूको स्वागत एवं सम्मानमा २८ तारीक बिहिवार बेलुका ठीक ६ बजे टेस्ट अफ एसीयामा भेटघाट तथा रात्रिभोज राखिएकोले उक्त समारोहमा एनआरएन बेल्जियमका सदस्यहरू पदाधिकारीहरू,बेल्जियम क्षेत्रिय समितीका सदस्य तथा पदाधिकारीहरू एनआरएनए केन्द्रीय सचिव, केन्द्रीय महिला संयोजक, यूरोप उप संयोजक केन्द्रीय महिला सह संयोजक आई सिसि सदस्यहरु, केन्द्रीय सदस्य , साथै केन्द्रीय सल्लाकारसवैलाई जानकारी गराउदै सवै जिम्मेवार साथीहरुलाई निम्न स्थान, मिति र समयमा उपस्थितीको लागी सादर अनुरोध गरिन्छ ! साथै कार्यक्रम भब्यताकासाथ संपन्न गर्नुहुनकालागी अग्रिम सुभकामना ब्यक्त गर्दछौं । धन्यवाद ।
कार्यक्रम
मितिः २८ जुलाई २०१६
समयः ६ बजे बेलुका
स्थानः टेस्ट अफ यसीया, ब्रसेल्स स्टाट लुवेन
लोक दाहाल
महासचिव
गैर आवसिय नेपाली संघ, बेल्जियम