काठमाडौं । अपहरण फिरौती जस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले गएराती काठमाण्डौको ठमेलबाट दिपक मनाङ्गेसहित उनका एक सहयोगीलाई पक्राउ गरेको छ । ठमेलस्थित एक होटलबाट मनाङ्गेसहित उनका सहयोगी राजन कुमार सिंहलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । मनाङ्गे विरुद्ध अपहरण, फिरौती असुली, गुण्डागर्दी लगायतका दर्जनौं उजुरी परेको प्रहरीको भनाई छ । गुण्डा नाइकेहरुले व्यवसायीलाई धम्की दिई रकम असुल्ने गरेको गुनासो बढेपछि केही दिनयता प्रहरीले उनीहरु विरुद्ध कारवाही अभियान तिब्र बनाएको छ । काठमाडौं प्रहरीले विभिन्न व्यापारिक केन्द्रलाई आधार क्षेत्र बनाएर रकम असुल गर्ने र व्यापारी धम्क्याउनेविरुद्ध बिशेष निगरानी समेत शुरु गरिएको जनाएको छ ।