एन आर एन बेल्जियमका अध्यक्ष तथा समितिका सम्पूर्ण सदस्यहरु र पन्जिक्रित सदस्यहरु
सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्षहरु
बेल्जियम स्थित नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधिहरु
स्वतन्त्र पत्रकार मित्रहरु तथा
बेल्जियमबासी नेपाली समुदाय ।
बिषय : सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि भै दिन हुन अनुरोध ।
Accenta Trade Fair 2013 सँगै सम्पन्न नेपाल महोत्सबमा संघको पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको उपर छानबिन गर्न,
मिति २३ मे २०१६ का दिन एनआरएनए बेल्जियमको सचिबालयको बैठकले हामीलाई समयावधी सहित स्वतन्त्र छानबिन गरी कार्यबाहिको सिफारीस गर्न आधिकारिक रूपमा अधिकार प्रत्यायोजन सहितको पत्र बुझाए अनुसार समितिले अन्तिम चरणको काम गरी रहेको ब्यहोरा सन्बन्धित सबैलाई जानकारी गराउदछौ ।
सार्बजनीक रूपमा उठेका यस बिषयलाई औपचारिक रूपमा अन्त्य गर्नका लागि र सम्बन्धित ब्यक्ति तथा संघ संस्थाहरुको सार्बजनिक जीवनलाई बिबादमुक्त र मर्यादित बनाउन छानबिन समितिले एन आर एनको बिधान र आचार संहिताको दायरामा रही नेपाल सरकार, दूताबास, Accenta Fair का तत्कालिन आयोजक, बेल्जियम स्थित प्रत्यक्ष संलग्न नेपाली संस्था, तत्कालिन जिम्मेवारीमा रहेका सरोकारवाला ब्यक्तिहरु, मेलामा सहभागि ब्यापारिहरु लगायत सर्बसाधारण सँग बयान, सुझाब र सल्लाहहरु संकलन गरी सिफारिस सहितको प्रतिबेदन मस्यौदाको अन्तिम तयारीमा रहेको समेत सबैमा जानकारी गराइन्छ ।
Accentaa Fair मा नेपाली समुदायको तर्फबाट जिम्मेवारीमा रहेका तत्कालिन सँयोजक (तत्कालिन बेल्जियम एन आर एन आइ सि सि सदस्य) अर्जून कुमार श्रेष्ठ, तत्कालिन सदस्य सचिब सालीक राम गौतम, तत्कालिन एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, नेपाली ब्यबसायी संघका निबर्तमान अध्यक्ष र बर्तमान अध्यक्ष (वा प्रतिनिधि)हरुलाई समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भै पद तथा जिम्मेवारिको दुरुपायोग गरे नगरेको र आर्थिक पारदर्शिता संबन्धमा सप्रमाण आफ्ना कुराहरु राखी दिन अन्तिम अनुरोध गरिन्छ । एन आर एन बेल्जियमद्वारा गठित यस् छानबिन समितिले यस प्रकृयालाई बेल्जियम स्थित सबै संघ संस्थाहरु र नेपाली समुदायबाट रचनात्मक सहयोगको अपेक्षा गरेको छ ।
(पूनश्च : छानबिन समितिको काम कारबाही प्रकृयागत रहेको अवस्थामा Accentaa Fair सँग सम्बन्धित सरोकारवाला केही ब्यक्तिहरुबाट समितिलाई प्रभाबित पार्न सकृय भै केही गतिबिधिहरु गर्न गराउन गै रहेको जानकारीमा आएकोले त्यस्ता कुनै गतिबिधी नगर्न र एन आर एन बेल्जियमको संस्थागत सर्बोच्चतालाई स्विकार्न सम्बन्धित सबैलाई आग्रह गरिन्छ ।)
सार्वजनिक सुनुवाईको लागि मिति र ठेगाना :
मिति : ६ जुलाई २०१६ बुधवार
समय : बिहान ११ बजे
स्थान : Ons Huis (First Floor)
Goudebloem straat
3000 Leuven
जानकी गुरुङ
संयोजक
Accenta Investigation Comittee
गैर आबासिय नेपाली संघ बेल्जियम ।
मिति : २६ जून २०१६