काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका संयोजकलाई मोर्चाका मागका सम्बन्धमा वार्तामा आउन आज पत्र पठाउनुभएको छ । मोर्चालाई यही असार ९ गते अपराह्न १२.३० बजे प्रधानमन्त्री कार्यालयमा वार्तामा आउन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी प्रधानमन्त्रीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन जेठ ३१ गते पठाउनुभएको पत्रको स्वागत गर्दै सो पार्टीले आज प्रधानमन्त्रीलाई लिखित जवाफ पठाएको छ । पत्रमा सरकारले वार्ता र संवाद मार्फत नै समस्याको समाधान गर्न देखाएको अग्रसरतालाई पार्टीले सकारात्मक रुपमा लिएको र वार्ताका लागि अध्यक्ष बद्रीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरिएको उल्लेख छ ।