चार्दिशा , सम्बाददाता
शालिकराम जमरकट्टेलको नेतृत्वमा रहेको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा नेवाः राज्यका उपाध्यक्ष ध्रुव कोइरालाले एमाओबादीमा रहदा संगठनका नाममा ठगी गरेर फरार व्यक्ति विप्लवको मजदुर संगठनमा रातो कार्पेट विछ्याएर प्रवेश गराएकोमा आश्चर्य भएको जनाएका छन् ।
बिप्लब माओवादीको मुखपत्र झिल्कोमा योगन्द्र कुमाललाई हटाएर राजन तिमल्सिनालाई बनाउन खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लागिरहेको समाचार पढेपछि उनले यो आश्चर्य प्रकट गरेका हुन ।
स्वरोजगार र विभिन्न मजदुरहरुको नाममा पचास लाखभन्दा बढी रकम खाएर फरार व्यक्तिलाई विप्लवको पार्टीमा संरक्षण दिएकोमा हामी सबै आश्चर्यचकित परेका छौं भन्दै कोइरालाले प्रश्न गरे, ‘क्रान्ति भनेको त्याग, वलिदानले ओतप्रोतले गरिने स्वेच्छिक कर्म हो तर समाजमा ठगी गर्नेलाई नेता बनाउन खोजेर प्रकाण्डले गर्न खोजेको क्रान्ति कस्तो हो ?’
राजन तिमल्सिना धेरै समय पहिले संगठनबाट भागेको र सिंगो संगठन उनलाई खोज्न धुइपताल लागेको समयमा एकाएक उनी विप्लवको मजदुर संगठनमा प्रवेश गरेर संरक्षण खोजेको हुनसक्ने कोइरालाको अनुमान छ ।