नेकपा एमालेको प्रबासी संगठन प्रबासी नेपाली मन्च बेल्जियमको अधिबेशनको तयारी पुरा भएको र अब नेत्रित्व चयन र
अधिवेसनको उद्घाटनको भब्य तयारी हुँदैछ । युरोप भरिबाट निम्तालुहरु आउने क्रम जारीछ । जनबादी गीतसंगीत सहित दिउसो १ बजेबाट हुने उक्त कार्यक्रम सफल बनाउन छुट्टै स्वयमसेवक परिचालन गरिने आयोजकले जनाएका छन ।
प्रबाशी नेपाली मञ्च बेल्जियमको पाचौ अधिबेशनको उद्घाटन सत्रमा प्रमुख अतिथी हुन एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज नेत्री राम कुमारी झाक्री बेल्जियम अाइपुगेकी छन । आगामी कार्यकालको अध्यक्षको लागि दुई जना प्रवासि मन्चका प्रखर खेलाडीहरु मैदानमा देखिएका छन ।
आन्त्रोपेन निवासी म्रिदूभासी, कुसल संगठक र पारदर्सी युवा नेत्रित्वको रुपमा बिनोद न्यौपानेको प्रचार गरिएको छ भने सन्तुलित र बौद्धिक नेत्रित्वको रुपमा लुभेन निवासी बोधराज पौडेल अगाडि रहेको दुई नेताको प्रचारमा खटेका कार्यकर्ताहरु बताउछन् । भुपु अध्यक्षहरुको राय बुझ्न खोज्दा उनीहरुले सहमति हुनसक्ने संकेत गरे पनि कसको पक्षमा पल्ला भारीछ भनेर खुल्न चाहेनन ।
आन्त्रोपेन र गेन्ट ब्रुगे क्षेत्रमा न्यौपानेको माहोल राम्रो देखिन्छ भने लुभेन र ब्रुसेल क्षेत्रमा पौडेलको प्रचार तिब्र छ । प्रबासी नेपाली मंचमा बिनोद न्यौपानेको पक्षमा बोल्ने एक प्रचारकका अनुसार प्रकृयामै गए पनि बिनोदको जित सुनिस्चित रहेको बताए । उनले बिनोद निर्बिबाद र कुसल संगठक भएको कुरामा जोड दिए भने एन आर एन ए बेल्जियमको निर्वाचनको भूमिकाले बोधराजलाई बिबादित बनाएको, आयुक्त भएर पनि राजनैतिक् भूमिकाबाट रजिनामा नदिदै सबैलाई मनोनयन र प्रमाणपत्र दिएको, अघोसित सम्बन्ध संगठनको गरिमामा अग्रणी भूमिका खेल्न नसकेको जस्ता आरोपहरु तेर्छ्याए । तर गेन्टका एकजना प्रतिनिधिले अबको नेत्रित्व बौध्दिक र सालीन हुनुपर्ने तर्क गरे भने पौडेलको बिकल्प न्यौपाने हुन नसक्ने जिकिर गरे ।
भोली मे ८ यी दुई नेताको लागि अग्नी परिक्षा हुने देखिन्छ । गत एन आर एन एको चुनाव पछी देखिएको जनमत अनुसार बेल्जियमका नेपाली राजनैतिक् संगठनहरुमा प्रबासी नेपाली मन्चले आफ्नो पकड मजबुत बनाएको देखिन्छ । राजतन्त बिरुद्धको आन्दोलनमा रगत बगाउने युवाहरुको आशा र आस्थाको इतिहाँस बोकेकी झाक्री युरोप भरिका प्रबासी नेपाली मंचहरुको सम्मेलन गराउने भन्दै आएकीछन । सबैले आशा गरेकाछन सहमतिको । यदी सहमति नभए पनि फरक नपर्ने र सबै क्षेत्रका सकृय सदस्यले आफ्नो विश्वाशको मत दिएर नेत्रित्व चुन्ने बताउछन प्रवासी मंचका कार्यकर्ताहरु ।