ब्रसेल्स । जनप्रतिशील मञ्चको एघारौं अधिवेशन बेल्जियमको एघारौं अधिवेसन मे २९ मा आन्तवयरपेन शहरमा हुने भएको छ । उक्त अधिवेशनलाई सम्बोधन गर्न एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बेल्जियम आउन तय भएको छ ।
महासचिव कृष्ण तिवारीले जारी गरेको वक्तव्यमा भनिएको छ, मंच, बेल्जियम प्रवासमा रहेका प्रवाशी संगठनहरुमा नेपालको राजनैतिक बिषयलाई उठान गर्ने प्रवासको पहिलो संगठन हो । यो संगठनको ईतिहास नेपालको मुक्ति आन्दोलन सगै जोडिने गौरव प्राप्त गर्नुको पछाडि यो मंचले लिएको प्रगतिशील बिचारधारा नै प्रमुख हो । संस्थाको स्थापनाकाल देखि नेपालमा भएको आन्दोलनको समर्थनमा यूरोपमा रहेका बिभिन्न निकायमा प्रत्यक्ष सहभागि भई नेपालको आन्दोलनको समर्थन प्राप्त गराउन विशेष पहल गर्दै र आन्दोलनमाथि हुने दमनको बिरोधमा बेल्जियम तथा यूरोपको सडकमा संघर्ष गरेको थुप्रै गतिविधि लगायत बेल्जियममा रहेका नेपालीहरुको बसाई तथा अन्य समस्याहरुको सामाधानकालागि बिभिन्न खाले संघर्षको मुख्य भुमिकामा रही थुप्रै उपलब्धिहरु हासिल गरेको कुरा सवैमा जगजाहेर नै छ ।
बिगत केहि वर्ष देखि नेपालको राजनैतिक आन्दोलन संबिधान निर्माण र कार्यान्वनमा केन्द्रित रहेकोले संबिधान निर्माणमा प्रवासीहरुको तर्फबाट दवाव सिर्जना गर्ने र प्रवासीहरुको हक अधिकारकोलागि संघर्ष गर्ने जास्ता महत्वपुर्ण बिषयमा अघि बढ्दै आउने क्रममा यो संगठन एघारौ अधिवेशनको तयारीमा जुटेको छ । एघारौ अधिवेशनलाई भव्य रुपमा सफल पार्न प्रचार प्रसार , व्यावस्थापन लगायतका अन्य समितिहरु निर्माण गरिएको कुरा आयोजक संस्थाले जनाएको छ ।
.नेपालको बिकास र संबृद्धिलाई अगाडि बढाउन संस्थाले नेपालको कृषी ,स्वास्थ्य,शिक्षामा बिषेश योजना लागु गर्ने गरी संपुर्ण प्रवासी नेपालीहरुलाई नेपाली जनतासंग जोड्ने योजनाहरु यो अधिवेसनले तय गर्ने छ । साथै जनबादी आन्दोलनमा बाकी रहेको कार्यभार पुरा गर्नकालागी प्रवासमा पनि बृहत प्रगतिशील मोर्चाको अवधारणा अघि बढाउदै समाजबादी आन्दोलनको तयारीको दिशामा जाने बिचारलाई सहयोग र समर्थन गर्ने निति अवलम्बन गर्ने छ । अव हुने समाजबादी आन्दोलनको क्रममा नेपालमा भएको दश बर्षे जनयूद्ध र बिभिन्न चरणमा भएको जनआन्दोलनको भावना, मर्म र मागलाई अझ उचाईबाट पुरा गर्ने छ भन्ने अपेक्षा राख्दछ । नेपाली जनप्रगतिशिल मंच, बेल्जियमको एघारौं अधिवेशनले यूरोप भरि रहेका प्रगतिशील , देशभतm, प्रजातान्त्रिक शतिmहरुका विचमा पनि .छलफल गरि बृहत मोर्चाको अवधारणालाई अगाडि सार्दै एकताले नै नेपाली जनताको मुक्ति आन्दोलनमा तथा प्रवासमा रहेका स्थानिय समस्याहरुलाई सामाधान गर्न सकिने छ भन्ने बिश्वास लिएको छ ।
यो महत्वपुर्ण मंचको एघारौं अधिवेसनमा बेल्जियममा रहनु भएका संपुर्ण नेपालीहरु, संघ संस्थाहरु तथा अन्य प्रभुत्ववर्गहरुलाई वेल्जियमको आन्तवयरपेन शहरमा हुने कार्यक्रममा उपस्थित हुनको लागि निमण्त्रणाका साथ हार्दिक अनुरोध गर्दर्छौ ।
स्मरण रहोस यसै अभियानमा नेकपा माओवादी पार्टीकी महिला नेतृ धर्मशिला चपगाईको प्रमुख आतिथ्यता नेपाली प्रगतिशील महिला मंच , वेल्जियमको अधिवेशन सम्पन्न हुने कुरा आयोजक संस्थाले वताएको छ ।