नवलपरासी । तराई–मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीमा हुने भएको छ । तमलोपाका जिल्ला उपाध्यक्ष पुरन चौधरीले महाधिवेशनमा देशभरका दुई हजार पार्टी प्रतिनिधि, १२ देशका दलका प्रतिनिधि र १६ मुलकका राजदूत वा प्रतिनिधिको उपस्थिति रहने जानकारी दिनुभयो छ । विसं २०६४ मा स्थापित तमलोपाको पहिलो महाधिवेशन यस वर्ष हुन लागेको हो ।