तम्घास । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले कालोबजारी र भष्ट्राचारीलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले काँग्रेसले बलियो भएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । नेता थापाले संविधानले सबैलाई बराबर अधिकार दिएको भन्दै, यसले सबै धर्म, जात जाति सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको चर्चा गर्नु भयो ।