चारदिशा सम्पादकीय
गैरआबासिय नेपाली संघ बेल्जियमले प्रत्येक बर्ष गर्ने नेपाल महोत्सब यस् बर्ष पनि सम्पन्न गरेको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको लुभेन नगरपलिकाको ब्यस्त स्थान त्यहाको रेल स्टेशन र नगरपालिका भबनको प्राङगणमा राखिएको उक्त महोत्सब समग्रमा उल्लासपूर्णनै रह्यो ।
गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेस घले, उपाध्यक्ष कुमार पन्त, सल्लाहकार दिल गुरुङ लगायत बेल्जियमबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सचिब अर्जुन श्रेष्ठ , युरोप उपसम्योजक प्रेम गुरुङ , दावा शेर्पा , महिला उपसन्योजक रजनी प्रधान , चिज कुमार श्रेष्ठ , नेत्र मगर , नेपाली राजदुत राममणि पोख्रेल आदिको उपस्थितिले नेपालीहरुको उत्साह बढेको थियो भने जुन समुदायलाई लक्षित गरेर यो महोत्सबको परिकल्पना गरिएको थियो , त्यसको उपस्थिती एकदमै न्युन देखिएकोले महोत्सबको ब्यबस्थापनको ढाचा बदल्नु पर्ने आबस्यकताको महसुस सबैले गरेका छन ।
बेलायतबाट आएको नौमती बाजाको टोली र यहाँका बिभिन्न सांस्कृतिक झाकी र नेपाली कला संस्क्रितिको पर्दर्शन सहित नगर परिक्रमा गर्दा लुभेन शहर केही समय नेपालमयनै बनेको थियो ।
महोत्सब सम्पन्न गर्न अहोरात्र खटेका संघ संस्थाका पदाधिकारीहरु र एनआरएन कार्यसमितिलाई नमिठो लागे पनि हाराहारी १५ २० हजार युरो खर्च गरेर नेपालीहरु मात्र जम्मा हुने र रमाइलो गर्ने हो भने त्यसका लागि हाम्रा चाड पर्ब र अन्य जमघट काफी छन भन्ने जनमानसको गुनासो सान्दर्भिक र जायज छ ।
तसर्थ आउँदा बर्षहरुमा यसको ब्यबस्थापनमा बिशेष ध्यान दिनुपर्ने अाबस्यक देखिन्छ । हाम्रो पहुच नपुग्ने भन्दा पनि त्यसलाई परिचालन गर्न नसकेको र केही समुहगत या राजनितिक स्वार्थका कारण यो अवस्था हामीले भोग्नु परेको महसुस गरेर बेल्जियमको नेपाली समुदाय एकजुट भएमा हामीले चाहेको परिणाम् निकाल्न गाह्रो हुने छैन ।
यदि एनआर एन र अन्य संघ संस्थाका ब्यक्तीहरुले चाहेमा धेरै परिश्रम बिनै हाम्रो दोश्रो पुस्ताको सहयोग लिन सके मात्र पनि धेरै सजिलो सँग प्रभाबकारी परिणाम निकल्न सकिछ । यहाँका विश्वाबिद्यालय र बिद्यालयमा पढ्ने हाम्रा भाईबहिनीहरुले आफ्ना सहपाठिहरुलाई मात्र सहभागि गराउन सके भने पनि त्यो धेरै सफल प्रभाबकारी हुन सक्नेछ र यसको लागि उनीहरुको उचित सहभागिता, सहकार्य आबस्यक हुनेछ ।
सच्याउनु पर्ने बिषय थुप्रै भए पनि बेल्जियममा केही दिन अघि भएको आतंककारी हमालाको कारण उब्जीएको सुरक्षाको चासोले सार्बजनिक स्थानमा भेला गर्ने बिषयलाई एक किसिमको प्रतिबन्ध रहेको अवस्थामा पनि बेल्जियम सरकार र सुरक्षा निकायले नेपाली समुदायलाई विश्वाश गरेर कार्यक्रम गर्न दिनु र यहाँको शक्तिशाली पार्टिका अध्यक्ष्य र लुभेन नगर प्रमुख कार्यक्रममा सहभागि भै सहकार्यका लागि प्रतिबद्धता जनाउनु हाम्रो लागि सुखद परिणाम हुन ।