पत्रकारमाथि आक्रमण भएकोमा पत्रकार महासंघको भत्सर्ना

fnj
नेपाल बन्दको क्रममा प्रेसलाई लक्षित गरी आक्रमण गर्ने, सवारी साधन तोडफोड गर्ने, पत्रकारलाई धम्की दिने तथा दुव्र्यवहार गर्ने काम भएकोमा नेपाल पत्रकार महासंघले तीब्र निन्दा र भत्र्सना गरेको छ ।
महासंघले प्रेस वक्तव्य जारी गर्दै प्रेसलाई निर्वाद आवागमनमा अवरोध नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
साथै, पत्रकार, सञ्चारमाध्यम र प्रेसका सवारी साधनको भरपर्दो सुरक्षा प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण महासंघले गराएको छ ।
प्रेसमाथि आक्रमण वा प्रेस स्वतन्त्रता हननका कुनै पनि घटना भएमा पत्रकार महासंघ केन्द्रीय कार्यालयको टेलिफोन नम्बर ४११२७६३, ४११२६७३ र इमेल fnjnepal@mail.com.np सम्पर्क गर्न महासंघको शाखा र सम्बन्धित सबै पत्रकार एवं सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।