काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडितको देशका ७५ वटै जिल्लामा आजदेखि उजुरी लिन सुरु गरेको छ । आयोगका आयुक्त डा विष्णु पाठकका अनुसार देशभरका जिल्लास्थित शान्ति समिति तथा आयोगको केन्द्रीय कार्यालयबाट आजदेखि उजुरी लिन सुरु गरिएको बताउनुभयो । उहाँले द्वन्द्वपीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गर्दै जिल्लास्थित शान्ति समितिको कार्यालय र आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिन छुट्टै गोप्य स्थानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
दशवर्षीय सशस्त्र सङ्घर्षमा बेपत्ताको सङ्ख्या फरक फरक आए पनि आयोगले आफँैले तथ्याङ्क सङ्कलन गर्न उजुरीको आह्वान गरेको थियो ।