मिलान । गत साता नेपाल एसोसिएसन इटालीले नयाँ वर्ष २०७३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न ग-यो । उक्त अवसरमा एसोसिएसनले वार्षिक कार्यक्रम पनि सम्पन्न गरेको थियो ।
नेपाली राष्ट्रिय गानका साथ सुरु गरिएको औपचारिक कार्यक्रम संस्थाका सचिब अमिर महर्जनले कार्यक्रम संचालन गर्नुका साथै बार्षिक प्रतिबेदन पढेर सुनाउनु भएको थियो । कोषाध्यक्ष रेशम अर्यालले आर्थिक विवरण प्रस्तुत गर्नुका साथै संस्थाका तर्फबाट उपाध्यक्ष तिर्थबिर लामाले स्वागत भाषण गर्नु भएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, इटालीका महासचिब तथा सस्थाका सदस्य सल्लाहकार रामकुमार राई तथा यस संस्थाका अर्का सदस्य सल्लाहकार ठाकुर दाहालले सुभकामना मन्तब्य दिनु भएको थियो ।
र अन्तमा कार्यक्रमको अध्छ्यता गर्नु भएका संस्थाका अध्यक्ष अम बहादुर पुन ( लकु) ले सुभकामना एवोम सबैलाई धन्यबाद दिंदै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।
– अमिर महर्जन