बारमा लोकतान्त्रिक पक्षको वर्चस्व
काठमाडौं । नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक समूहका अध्यक्ष शेरबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक समूह अध्यक्षसहित १९ पदमा विजयी भएको छ । लोकतान्त्रिक र प्रगतिशील समूहबीच भएको कडा प्रतिस्पर्धामा अध्यक्ष केसीले तीनहजार ७९८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी विजयकान्त मैनालीले तीनहजार ६१५ मत प्राप्त गर्नुभएको थियो । नवनिर्वाचित केसीले १८३ मत बढी ल्याई विजयी हुनुभएको हो ।
त्यस्तै, उपाध्यक्षहरुमा पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का तीन हजार ६९७ मतले विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी टङ्कप्रसाद उप्रेतीले तीन हजार ६९० मत प्राप्त गर्नुभयो । मध्यमाञ्चल उपाध्यक्ष ९उपत्यका बाहिर० विनय सिंहले तीन हजार ७९६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी रामसहाय राय यादवले तीनहजार ४२० मत प्राप्त गरी पराजित हुनुभयो ।
मध्यमाञ्चल उपाध्यक्ष ९उपत्यका० मोतिराम गौतमले तीन ५९३ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी रमेश वडालले तीनहजार ४५७ मत प्राप्त गर्नुभयो । पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्तले तीन हजार ६७६ मत प्राप्त गरी विजयी हुनुभयो भने गुमानसिंह अर्यालले तीनहजार ४८७ मत प्राप्त पराजित हुुनुभयो ।
मध्य पश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटाले तीनहजार ७६४ मत ल्याई विजयी हुनुभयो भने रेवतीमरण भट्टराईले तीनहजार ६२७ मत प्राप्त गरी पराजित हुनुभयो ।
सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्यायले तीनहजार ७५२ मत प्राप्त गरी विजयी हुनुभयो भने गङ्गाराम उपाध्यायले तीनहजार ५६३ मत ल्याई पराजित हुनुभयो । उपाध्यक्ष खुल्ला क्षेत्र महिलामा उषामल्ल पाठकले तीनहजार ७५० मत प्राप्त गरी विजयी हुनुभयो भने शान्ता सेढाई सापकोटाले तीनहजार ६५० मत ल्याई पराजित हुनुभयो ।
बारको महासचिवमा खम्मबहादुर खातीले तीनहजार ६२४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी दिनमणि पोखरेलले तीनहजार ४५५ मत पराजित हुनुभयो । त्यस्तै, कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले तीनहजार ४६७ मत प्राप्त गरी विजयी हुनुभयो भने हरिबहादुर खड्का तीनहजार ३७० मत ल्याई पराजित हुनुभयो ।
त्यस्तै, दलित सदस्यमा श्यामकुमार विश्वकर्मा, मधेसी÷मुस्लिम ९उपत्यका बाहिर० मधुर पाठक विजयी हुनुभयो । मधेशी÷मुस्लिम ९खुल्ला० रमणकुमार कर्ण, आदिवासी÷जनजाति खुल्लामा अस्मिनकुमार राई, आदिवासी÷जनजाति ९उपत्यका बाहिर० ईन्दु कोइराला विजयी हुनुभयो । महिला खुल्लामा सानुमैयाँ महर्जन, खुल्ला उपत्यका बाहिरमा पद्मबहादुर शाही विजयी हुनुभयो ।
त्यसैगरी, सात खुल्ला सदस्यमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, ईन्द्रबहादुर बुढाथोकी, विष्णुमाया भुसाल, कृष्णकुमार आङदेम्बे विजयी हुनुभयो । बारको नयाँ कार्यसमितिमा २५ पदाधिकारीका लागि ७१ जनाबीच प्रतिस्पर्धा भएको थियो । शनिबार देशभरका ३३ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको थियो । मङ्गलबार बिहानबाट मतगणना सुरु भएको थियो । नौ हजार ५२२ मतदातामध्ये सात हजार ८४५ मत खसेको थियो ।
प्रगतिशील समूहबाट ६ पदमा विजयी
बारको नयाँ कार्यसमिति निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्ष, महासचिव, कोषध्यक्षसहित १९ जना विजयी हुनुभएका छन् भने प्रगतिशील समूहबाट जम्मा तीन उपाध्यक्षसहित ६ जना मात्र विजय भएका छन् ।
सो समूहबाट मध्यपश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटा, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय र महिला उपाध्यक्षमा उषा मल्ल पाठक विजयी हुनुभएको छ । त्यस्तै, प्रगतिशील समूहबाट खुला सदस्यमा विष्णुमाया भुसाल, कृष्ण आङ्दम्बे लिम्बू, मधेसी ९उपत्यका बाहिर० बाट मधुर पाठक विजयी हुनुभयो ।
नवनिर्वाचत अध्यक्ष केसीको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष केसीले सम्पूर्ण कानुन व्यवसायीको हक अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अध्यक्षमा विजयी घोषणपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उहाँले कानुन व्यवसायी मात्र भएर आफ्ना प्रतिस्पर्धी विजयकान्तलगायत सबैको सल्लाह लिएर अधि बढ्ने बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्ने उल्लेख गर्दै बार र बेन्चबीचको सम्बन्धलाई राम्रो बनाएर सबै कानुन व्यवसायी एउटै छाताभित्र राखी उनीहरुको हकहितका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्षका प्रतिस्पर्धीबीच सौहार्दता
बारको नयाँ कार्यसमितिको निर्वाचनको परिणाम निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङकर निरौलाले घोषणा गरे लगतै प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले नवनिर्वाचित अध्यक्ष केसीलाई हात मिलाएर बधाई दिनुभयो । नवनिर्वाचन अध्यक्ष केसीलाई मैनालीले बधाईका साथै सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्नुभयो । लोकतान्त्रिक समूहको बहुमत विजयी भएपछि बार परिसरमा निकै खुशीयाली छाएको थियो । ‘शेरबहादुर दाई जिन्दवाद’, ‘हाम्रो बार जिन्दावाद’ लगायतका नारा लगाएर विजय उत्सवसमेत मनाइएको थिए ।