प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमण सकेर आज स्वदेश र्फकदैँ छन् । अपरान्ह ३ बजे प्रधानमन्त्री स्वदेश र्फकने कार्यक्रम रहेको छ । चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए । यसैबीच प्रधानमन्त्री ओलीसहितको भ्रमण टोलीले हिजो सिचुवान् प्रान्तस्थित छेन्दु शहरमा रहेको भूकम्प स्मारक र संग्रहालयको अवलोकन गरेका छन् । सन् २००८मा गएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पको स्मरणमा यो संग्रहालय निर्माण थालिएको हो ।

Leave A Reply

Your email address will not be published.