देउवाद्वारा सात जना केन्द्रीय सदस्य मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको पदभार ग्रहण कार्यक्रममा सभापति देउवाले मनोनित घोषणा गरेका हुन् । उनले सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौला, महामन्त्रीमा पराजित अर्जुनरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
यस्तै नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्य मनोनित गरेका छन् । महाधिवेशनको पूर्वसंध्यामा उनी विरामी भएका थिए । उनी अझैसम्म पूर्ण स्वस्थ भइसकेका छैनन् ।