नियत आर्थिक संकलन नै भएपनी ठगिमा अरुलाई गलत सुचनाको परिबन्धमा पारी दलाली प्रकृयाद्वारा आवश्यक भन्दा बढी आर्थिक,भौतिकरुपना दोश्रो पक्षबाट बढी लाभ लिनुलाई लिइन्छ । इमान्दारहरुको भन्दा बेइमानहरुको कदर हुने, बौद्धिक लगानी भन्दा भौतिक लगानीलाई सामाजिक मान्यता बढी हुने, पारिवारिक मोह बढी हुनु, सामुहीक हितको चिन्तन लोप हुँदै जानु र नैतीक चिन्तनको पराकाष्ट हुनु यसका मूल कारक तत्व हुन ।
देशमा मात्र नभएर प्रबासमा पनि ठगिले कुनैन कुनै रुपमा प्रसय पाउदै गरेको उदाहरण हामीले देख्न पाईन्छ । सुदाम लम्सालको ठगि कांडले एकताका बेल्जियमको नेपाली समाज लाजले निहुरिनु पर्यो । धुकुटीमा एकले अर्को नेपाली ठगेका उदाहरण हामीले खोज्दै हिंड्नु पर्दैन । नेपाल राज्यले नै प्रतिनिधित्व गरेको एसेन्त्रा ब्यापारिक मेलामा राष्ट्रिय झण्डामुनी नक्कली ब्यापारी भित्य्राइ ठगि भएको भन्दै आवाज उठिरहेको छ । महा भुकम्पमा ब्याक्ती वा संस्थाहरु मार्फत उठाइएको राहत रकमको पारदशिता माथि प्रश्नहरु उठिरहेका छन मुलुक तथा प्रबासमा । कहिले काही राम्रो जागिरको प्रलोभनमा प्रबासी महिलाहरुको सरिर लुटिएका खबर मिडिया मार्फत बाहिर आउछन । यि सबै ठगिका उदाहरणहरु हुन । ठगि भ्रष्टाचारको आत्मा हो । छोटकरिमा भन्दा पदिय हैसयत भन्दा बाहिरबाट गरिने,कुनै कागजात मिलाउनु नपर्ने गरी आर्थिक,नैतीक र भौतिक रुपमा वाध्यकारी लेनदेन परिबन्दको जालो ठगि हो ।
निजी तथा व्यक्तिगत फाइदाका लागि सार्वजनिक पद हैसियत तथा अधिकारको दुरुपयोग गर्नु एवं प्रचलित कानूनबमोजिम कसूर गरेको मानिने आर्थिक तथा गैह्रआर्थिक कृयाकलाहरु सञ्चालन गरी लाभ गर्नुलाई भ्रष्टाचार भनिन्छ। भ्रष्टाचार भनेको सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारी वा खराब नियत भएका मुलीहरुले आफूलाई सुम्पिएको अख्तियारको दुरुपयोग गरी कुनै व्यक्ति तथा सम्बन्धित व्यक्तिहरुको निजी फाइदाको प्रयोग गर्ने गैह्रकानूनी व्यवहार हो। भ्रष्टाचारमा रकम तथा दैदस्तुरको लेनदेन हुन्छ भने अनुचित कार्यमा भनसुन, मोलाहिजा, नातावाद, कृपावाद, आफ्नो मान्छे, अरुको मान्छे भन्ने जस्ता तत्वहरु रहेका हुन्छन्। भ्रष्टाचारको प्रकृति, यसले प्रभाव पार्ने क्षेत्र तथा यसको वर्तमान अवस्थालाई हेर्ने हो भने भ्रष्टाचार फैलिदो अवस्थामा छ र यसले सबै क्षेत्र, सबै स्थानहरुमा आफ्नो सञ्जाल मिलाउँदै छ भन्न सकिन्छ। सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुले ठगि वा भ्रष्टाचार गर्नुमा धेरै कारणहरु छन्। सबैभन्दा महत्वपूर्ण कारण भनेको नै व्यक्तिगत तथा मनोगत कारण हो। मानिस जब आफ्नो अन्तरमनदेखि नै भ्रष्टाचार नगर्ने प्रतिबद्ध रहन्छ र उसले सदाचारको मन्त्र लिएर काम गर्न थाल्छ, तब भ्रष्टाचार रोकिँदै जान्छ। भ्रष्टाचार धनमा लोभिएका मानिसबाट हुने एउटा महारोग हो। यसको रोकथाम पनि मानिसबाटै हुन सम्भव छ। भ्रष्टाचार एउटै कारणले मात्र हुँदैन। मानिसको मनोवैज्ञानिक पक्ष, आर्थिक पक्ष, व्यक्तिगत मनोवृत्ति, सामाजिकपक्ष, राजनीतिकपक्ष तथा व्यक्तिगत सोचाइले नै भ्रष्टाचार हुने गर्दछ। व्यक्तिको धारणा, इच्छा, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, संगठनको अवस्था, अवसर तथा विद्यमान परिस्थिति आदिले भ्रष्टाचारलाई प्रभाव पारिरहेको हुन्छ।
कसैले थोरै तलबभत्ता वा आम्दानी हुँदा परिवार पाल्नको लागि भ्रष्टाचार गरेको हुन्छ भने कसैले समाजमा अरुभन्दा आफू धनी हुने मनसायले भ्रष्टाचार गर्दछन्। कुनै बेला आफ्ना नातागोतालाई जागिर दिन तथा चिनेजानेका मान्छेको काम सफल पार्ने प्रयोजनको लागि अनुचित कृयाकलापहरु गरी भ्रष्टाचार गर्ने गर्दछन्। कुनैबेला भने आफ्ना भावी सन्ततीलाई भविष्यको लागि धन थुपार्नको लागि भ्रष्टाचार गर्ने गर्दछन्। कसैले समाजमा रवाफ र हैकम देखाएर बस्नका लागि भ्रष्टाचार गर्ने गर्दछन्। भ्रष्टाचार हुने प्रमुख कारणहरुमा आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक, प्रशासनिक, कानुनी, संस्थागत आदि जस्ता कारणहरु पर्दछन्। राज्यमा बढ्दो महंगीको सामना गर्न, परिवार पाल्न गर्नुपर्ने अत्याधिक खर्चको जोहो गर्न, आधारभूत आवश्यकता पूरा गर्नका लागि गरिने खर्च समेत पुग्ने गरी तलब, पारिश्रमिक तथा अन्य सुविधाको व्यवस्था नभएको आदि जस्ता कारणले भ्रष्टाचारले प्रश्रय पाइरहेको हुन्छ।
त्यसैगरी सम्पत्तिआर्जनका लागि लोभिनु, व्यक्तिको असीमित आवश्यकता तथा सीमित आय हुनु, चाँडै धनी हुन खोज्नु, आर्थिक प्रतिस्पर्धा गर्नु आदि जस्ता कारणहरुले राज्यमा भ्रष्टाचार हुने गर्दछ। अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, अस्थिर राजनीतिक प्रणाली, कर्मचारीहरुका संगठनलाई राजनीतिकरण गर्नु, कर्मचारीबाट सहयोग नपाइने डर, दलगत स्वार्थ, भ्रष्टाचारीलाई राजनीतिक संरक्षण, राजनीतिमा नाजायज चलखेल हुनु, स्थायी सरकारको अभाव, चुनावमा हारिने डर, धनी तथा उद्योगपतिबाट सहयोग पाइने लालसा, चन्दाआतङ्क आदि जस्ता कारणहरुले गर्दा यत्रतत्र भ्रष्टाचार हुने गरेको छ।
आर्थिक लाभ प्राप्त गर्न तथा चाँडै पैसा कमाउन सक्ने कार्यालयहरुमा सरुवा तथा पदस्थापन गर्ने होडबाजी, प्रशासनिक कर्मचारीहरुमा राष्ट्रप्रतिको सकारात्मक भावनाको अभाव, राज्य, ग्राहक तथा संस्थाप्रति प्रतिबद्धता तथाकटिबद्धताको अभाव, कर्मचारीहरुको सरुवा, नियुक्ती तथा पदस्थापनमा राजनैतिक हस्तक्षेप, कर्मचारीहरुमा नियन्त्रण, सुपरीवेक्षण तथा अनुगमनमा दक्षता, क्षमता तथा शीपको अभावआदि जस्ता कारणहरुले गर्दा भ्रष्टाचार फष्टाइरहेको छ। जब प्रशासनिक निकायहरु अदक्ष हुन्छन् तब राज्यमा भ्रष्टाचारले प्रश्रय पाउन थाल्छन्। समाजले भ्रष्टाचारीहरुलाई बहिष्कार तथा तिरस्कार गर्न नसकेको, सामाजिक चाडपर्व, रीतिरिवाज, भोजभतेर तथा परम्परामा तडकभडक कायम रहेको, सामाजिक मूल्य–मान्यता, संस्कार एवं आचारणमा ह्रास, समाजले धनीव्यक्तिलाई मानसम्मान, प्रतिष्ठा दिने तथा समाजसेवीको रुपमा इज्जत गर्ने, भ्रष्टाचार जस्ता अपराधको नियन्त्रणमा समुदाय तथा समाजको चासोमा कमी जस्ता कारणहरुले समेत भ्रष्टाचारले प्रश्रय पाइरहेको छ।
राज्यले निर्माण गरेका विद्यमान ऐन, कानून, नीति, निर्देशिका, परिपत्र तथा कार्ययोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिनु, कानूनहरु बहुअर्थी लाग्नु, ऐन तथा कानूनहरुलाई अपव्याख्या गरिनु, न्यायप्रदायक निकायहरु निश्पक्ष तथा स्वतन्त्र हुन नसक्नु, भ्रष्टाचारीहरुलाई कानूनी उपचार गर्न नसक्नु, माथिल्ला पदाधिकारहरुबाटै कानूनको उल्लंघन भइरहनु आदि जस्ता कारणहरुले पनि भ्रष्टाचारहरु मौलाइरहेका छन्। राज्यको भ्रष्टाचार निवारणसँग सम्बन्धित प्रमुख संस्थाहरुले आफ्नो काम छिटो, छरितो तथा प्रभावकारी रुपले सम्पादन गर्न नसक्नु, भ्रष्टाचार निवारणसम्बन्धित संस्थाहरु आधुनिक प्राविधिक उपकरणयुक्त हुन नसक्नु, नेतृत्वमा बाराम्बार परिवर्तन तथा हेरफेर भइरहनु, नेतृत्वचयनमा ढिलाई हुनु, मनोनीत नेतृत्वमा दलगत स्वार्थ रहनु, अनुसन्धानमा निष्पक्षता, स्पष्टता तथा प्रभावकारिता नहुनु, उपयुक्त कार्यशैलीको अभाव, सम्बन्धित संस्थाको आफ्नो छुट्टै कर्मचारीहरु नहुनु, आम नागरिकमा विश्वासको संकट, अनुसन्धानमा राजनीतिकप्रभाव, पदाधिकारीहरु तथा कर्मचारीहरुको फेरबदल भइरहनु आदि जस्ता कारणहरुले पनि भ्रष्टाचार भइरहेको बुझिन्छ।
भ्रष्टाचारका यही नै कारणहरु हुन्छन् भन्ने छैन।
मानिसको मनोवृत्ति, अनुशासन, सोच, घरायसी समस्या, घरपरिवारको सहयोग, साथीभाइहरुको संगत, व्यक्तिगत इच्छा आदिका कारणपनि भ्रष्टाचार हुने गर्दछन्। कोही व्यक्ति आफैं पनि भ्रष्टाचारी स्वभावको हुन्छ। त्यस्ता मानिसहरु कताबाट कमाउन सकिन्छ, कसले कति कमायो, कति काम गर्योा आदि कुरामा बढीभन्दा बढी ध्यान दिने गर्दछन्। भ्रष्टाचारीहरुले अरुलाई पनि भ्रष्टाचारीको रुपमा देख्ने गर्दछन्। अनि बेनामी उजुर गरेर हुन्छ कि दुःख दिएर हुन्छ कि वा कार्यालयमै अनावश्यक टिक्का टिप्पणी गरेर हुन्छ कि सज्जन मानिसलाई मानसिक यातना दिएर जति हुन्छ सास्ती दिने गर्दछन्। भ्रष्टाचार गर्नमा सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक तथा परिस्थितिजन्य कारणहरु पर्दछन्।
भ्रष्टाचार फैलनुमा कर्मचारी वा संघ संगठनका मुली मात्रै दोषी छैनन्। त्यसमा सहयोगी र सेवाग्राहीहरु समेत त्यति नै दोषी देखिन्छन्। कसैले दैदस्तुर वा घुस मागेमा त्यसको प्रतिवाद गर्ने जिम्मा सेवाग्राहीमा हुन्छ। सेवाग्राही आफैं नै रकम दिएर आफ्नो काम पहिले गराउने होडबाजी गर्ने गर्दछन्। बाठा तथा भ्रष्टाचार गर्न पल्केका कर्मचारीहरुले यस्ता प्रवृत्तिबाट अत्याधिक फाइदा लिने गर्दछन्। जतिबढी भ्रष्टाचार गर्न सक्यो, जतिबढी दैदस्तुर लेनदेन गर्न सक्यो र जतिबढी दैनिक आम्दानी गर्न सक्यो त्यति नै बढी भ्रश्टहरुको उज्यालो अनुहार देख्न पाइन्छ। भ्रष्टाचार भनेको समाज, राष्ट्र, आमनागरिक, व्यक्तिगतमर्यादा, आत्मसम्मान तथा मूल्य–मान्यताको शत्रु हो। यसले कर्मचारीको इज्जत, प्रतिष्ठा तथा मानमर्यादा समेत गिराउने काम गर्दछ। यसले समाजमा मुख छोपेर हिँड्नुपर्ने बाध्यपार्दछ। भ्रष्टाचार एक खराब एवं आर्थिक तथा गैह्रआर्थिक अपराध हो। भ्रष्टाचार गर्नु भनेको राज्य, समाज र नागरिकलाई ठग्नु, कामकाजमा धाँदली गर्नु, संगठनलाई धोखा दिनु, समाजलाई लत्याउनु, सहयोदाताहरुको हरुको रगत र पसिना चुस्नु र राष्ट्रलाई घात गर्नु हो। भ्रष्टाचार गर्नेव्यक्ति राज्यको शत्रु, शोषक र दुष्ट हो। भ्रष्टाचारको निवारणका लागि भ्रष्टाचारका मूल कारणहरुलाई पहिचान गर्नुपर्दछ। संघ संस्थाको साथसाथै सरकारले समेत भ्रष्टाचार निवारणका लागि नयाँनयाँ संयन्त्रहरु ल्याउने प्रयत्न गर्नुपर्दछ। भ्रष्टाचार भनेको समाजअको मात्रै नभएर आम समस्या भएकोले नागरिक वा कार्यकर्ताले ठगि र भ्रष्टाचार निवारण गर्दा अबैध तथा अपार्दर्सीताका आर्थिक सुचनाहरु उपलब्ध गराएर समाज तथा राज्यलाई सहयोग गर्नुपर्दछ।