शीर्षस्थानमा खुमबहादुर र प्रकाशमान
काठमाडौं । नेपाली कांगे्रसको केन्द्रीय सदस्य खुलातर्फको मत गणनामा पूर्व महामन्त्री प्रकाशमान सिंह र खुमबहादुर खड्का शीर्ष स्थानमा रहेका छन् । विहीबार साँझसम्म ३ सय ५० मत गनिसक्दा खड्काले २१४ र सिंहले २१३ मत प्राप्त गरेर शीर्ष स्थानमा रहेका छन् । शीर्ष स्थान कब्जा गर्न उनीहरुबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ । कहिले खड्का अगाडि रहन्छन भने कहिले सिंहले खड्कालाई पछि पार्ने गरेका छन् ।
तेश्रो स्थानमा शेखर कोइराला रहेका छन् । उनले २०५ मत ल्याएर खड्का र सिंहलाई पछ्याइरहेका छन् । २५ सदस्यका लागि ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुम बहादुर खड्का | २१४ |
प्रकाशमान सिंह | २१३ |
डा. शेखर कोइराला | १०५ |
प्रदीप पौडेल | २०१ |
प्रदीप गिरी | २०० |
बालकृष्ण खाँण | २०० |
बिमलेन्द्र निधि | १९९ |
महेश आचार्य | १९० |
कुलबहादुर (के.बी.) गुरुङ | १८७ |
रमेश लेखक | १८६ |
पूर्ण बहादुर खड्का | १८६ |
विश्वप्रकाश शर्मा | १८१ |
डा. राम शरण महत | १७८ |
डा. प्रकाश शरण महत | १७७ |
धनराज गुरुङ्ग | १७७ |
सुजाता कोइराला | १७७ |
शंकर भण्डारी | १७५ |
गोपाल मान श्रेष्ठ | १७१ |
बल बहादुर के.सी | १७० |
डा. मिनेन्द्र रिजाल | १६८ |
चन्द्र भण्डारी | १६२ |
डा. नारायण खडका | १६० |
ज्ञानेन्द्र बहादुर कार्की | १५९ |
बद्री पाण्डे | १५८ |
एन.पि. साउद | १५६ |