मोर्चाले आन्दोलनलाई देशब्यापी बनाउने

0

काठमाडौं । आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी कार्यक्रमको रुपरेखा तय गर्न सचिवालय गठन गर्ने भएको छ । मोर्चाका शीर्ष नेतासहित बिहान बसेको बैठकले मोर्चाको स्थायी प्रकृतिको सचिवालय गठन गर्ने निर्णय गरेको हो ।
बैठकले मोर्चाको ११ बुँदे मागसहित राष्ट्रिय सरोकारका विषय समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको मोर्चाको एक घटक तराई–मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो । यद्यपि, ज्ञापन पत्रको एजेण्डा र बुझाउने मिति भने अर्को बैठकले तय गर्ने मोर्चाले जनाएको छ ।
नेता शुक्लका अनुसार मोर्चाको सचिवालयमा राजेन्द्र श्रेष्ठ, मनिष सुमन, वृषेश चन्द्रलाल, रामनरेश राय, केशव झा, कौशलेन्द्र मिश्र, परमेश साह रहनुभएको छ । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण कूटनीतिक रुपमा असफल रहेको ठहर गर्दै मोर्चाले नाकाबन्दी हटेको तीन साता बितिसक्दा पनि कालोबजारी र उपभोग्य वस्तुको अभाव रहेकाले इन्धनलगायतका वस्तुको सहज आपूर्ति गर्न सरकार समक्ष माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.