अडियो जसको कारण आसेन्ताले फेरी चर्चा पायो

चारदिशा सम्बाददाता बेल्जियम
बेल्जियममा दुई बर्ष पहिला भएको एउटा अतररास्ट्रीय ब्यपारिक मेलामा आर्थिक अनियमितता र मानिस ओसार पसार गरिएको बिषयले बेल्जियमको नेपाली समुदाय, गैर आबासीय नेपाली संघको केन्द्रीय समिती, र संचारमाध्यमहरुमा चर्चा पाएको छ । २०१३ को सेप्टेम्बरमा सम्पन्न भएको उक्त मेलाको बिषय अहिले आएर बहसमा आउनुको कारण तलको अडियो टेप हो , जसको आधारमा एन आर एन बेल्जियमको बैठकमा यो कुराको बहसले प्रबेस पायो र छानबिन समिती बन्यो ।
नेपाल उध्योग बाणिज्य महासंघ र गैर आबासीय नेपाली संघ बेल्जियमका साथै अन्य संघ संस्थाहरु मिलेर सम्पन गरेको युरोपको प्रतिष्ठित मानिने उक्त ब्यापारिक एबम साँस्कृतिक मेलामा नेपाल लाई ‘बिशिष्ठ अतिथी राष्ट्रको’ सम्मान दिइएको थियो ।
८० राष्ट्रहरुका करिब ४०० कम्पनिहरु सहभागि भएको उक्तमेलामा नेपालबाट कति कम्पनी र ब्यक्ती सहभागी भए भन्ने आकडामा नै बिबाद भएको थियो । ब्यबस्थापन समीतीले भिषाका लागी सिफारिस गरिएका नामावलीका ब्यक्तिहरु पनि सबै नफर्केको र उनीहरु नेपालबाट यतै लुक्ने उद्यस्यले आएको मेला अबधिमै प्रष्ट भैसकेको थियो ।
यसरी राष्ट्रलाई गरिएको सम्मानको दुरुपयोग गरि केही ब्यक्तिले आर्थिक लाभ लिई मान्छे ओसारेको प्रस्ट भएर रुष्ट भएको यहाँको समाजलाई यसको जिम्मेवारीमा रहेका ब्यक्तीहरुले चित्त बुझ्दो विवरण दिन नसकेको कारण यो बिषय पेचिलो बन्दै गएको थियो ।
आफ्नो देशलाई दिइएको ‘बिशिष्ठ अतिथी राष्ट्रको’ सम्मानको दुरुपायोग भएको, आफुहरुले निस्वार्थ सहयोग गरे पनि केही ब्यक्तिले अबसरको दुरुपयोग गरि आर्थिक लाभ लिएको सार्वजनिक भए पछी दोसी उपर कार्यबाही हुनुपर्ने आवाज उठेको थियो तर यसको छिनोफानो कसरी गर्ने भन्ने बारेमा टुँगोमा पुग्न सकिएको थिएन ।
केही दिन अघि ब्यबसायी संघका एक जना तत्कालिन सदस्यले अर्का एक ब्यक्ती जसका आफन्तहरु युरोपमा बस्नका लागि आएका थिए, सँग कसलाई कती पैसा बुझाएर तपाईंका आफन्तहरु आएको हो भनि गरेको सम्बादको अडियो सार्वजनिक भएपछि यो बिषयका बारेमा बहस भयो र गैर आबासीय नेपाली संघ बेल्जियमले सत्य तथ्य बाहिर ल्याउन छानबिन समिती गठन गरेको छ ।
अडियो सुन्न तल क्लिक गर्नुहोला