आसेन्ता मेलामा भएको मानब तस्करीको छानबिन हुने

0

चारदिशा सम्बाददाता बेल्जियम

बेल्जियमको नेपाली समुदायमा लामो समय देखि चासोको बिषय रहेको ‘आसेन्ता मेलामा’ भएको मानब तस्करी सम्बन्धी बिषयको छानबिन गर्न गैर आबासीय नेपाली संघ बेल्जियमले एक छानबिन समिती बनाएको छ । २०१३ को सेप्टेम्बर १४ बाट २२ सम्म सम्पन्न विश्वका करिब ८० राष्ट्रका ब्यापारिक संस्थाहरु सहभागी भएको उक्त मेलामा नेपाललाई ‘गेस्ट अफ अनर’ को रुपमा सह्भागि गराइेको थियो । विश्व बजारमा खासै ब्यापारिक पहुच नभएको नेपाल जस्तो अबिकसित मुलुकले युरोपको प्रतिष्ठित ब्यापारिक् मेलामा सो सम्मान पाउनु सबै नेपालीका लागि गौरब गर्ने बिषय थियो ।

नेपाल सरकारका तत्कालिन अर्थमन्त्री शंकर कोइरालाको नेत्रित्वमा रहेको सरकारी एबम ब्याबसायिक ब्यक्तीहरुको टोलीले नेपालको तर्फ बाट प्रतिनिधित्व गरेको थियो भने बेल्जियम सरकारको तर्फबाट बेल्जियम सरकारका तत्कालिन उपप्रधानमन्त्री पेतर दे क्रेमले मेलाको उद्घाटन गरेका थिए । यस ब्यापारिक एबम सँस्कृतिक मेलाको सफलताको शुभकामना बेल्जियमका राजा अलबर्ट द्वीतिय ले पनि पठाएका थिए ।
आफुले कर्म थलो बनाएको देशले आफ्नो मात्रीभुमीलाई उच्च सम्मान दिएर हुन लागेको अन्तरराष्ट्रिय मेलामा नेपालको प्रस्तुती भब्य बनाउन बेल्जियमबासी प्रबासी नेपालीहरु पनि उत्साहका साथ सक्रिय भएर लागे । यहाँ रहेका सबैजसो संघ संस्थाले निस्वार्थ रुपले सहयोग गरे , सहभागिता जनाए । नेपाली गीत संगीत र न्रीत्य लगायत बिभिन्न साँस्कृतिक झाकीहरु , आफ्नो मौलिक पहिचान झल्काउने पोसाकमा सजिएका नरनारीहरुले प्रदर्शन गरेको नेपालीपनबाट आगन्तुक सबै मन्त्रमुग्ध भएका थिए । समग्रमा नेपाली कला संस्कृती एबम समग्र नेपाली सभ्यताको परिचय दिन सफल त्यस मेलाको अबधी भरि नेपाली सहभागिता प्रसँसायोग्य थियो ।
मेलाको ब्यबस्थापनको लागि गैर आबासीय नेपाली संघका ततकालिन आइसिसि सदस्य अर्जुन कुमार श्रेष्ठको सन्योजकत्वमा नेपाली पक्षको ब्यबस्थापन समितिले यहाँ सकृय सबै संघ संस्थाहरुको सहभागितामा कार्यक्रम सफल बनाएको थियो । तर नेपाली समुदायको अगाध समर्थन र सहयोग पाएको र बेल्जियम सरकारले गरेको सम्मानको दुरुपायोग भयो र केही ब्यक्तीहरुले नेपालबाट मानब तस्करी गरेर लाखौं रुपया कमाए ।
मेला हुनु भन्दा केही अगाडि नै तयारी समितीमा रहेका  पत्रकार ओम शर्मा सहितका केही ब्यक्तीले नेपाल उध्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी लगायतका ब्यक्तीहरुको नाम लिएर नेपालमा बिदेश पठाउन मान्छे खोजीरहेको भन्ने हल्ला सुनिएकोले यदी यो साचो हो भने हामी सतर्क हुनु पर्छ , नेपाल र नेपाली सामुदयलाइ बदनाम हुनबाट रोक्नुपर्छ भनी प्रश्न उठाए पछि कार्यक्रम ब्यबस्थापन संयोजक श्रेष्ठले हाई प्रोफाइल बिजनेसमेन मात्र आउने र त्यसको नेत्रित्व महासंघका पूर्व अध्यक्ष जोशीले गर्ने, बेल्जियमबाट स्पोन्सर पठाउदा पनि बिशेष ब्यक्तीहरुलाई मात्र पठाइएकोले सबै ढुक्क भएर कार्यक्रम सफल बनाउन लागौ भने पछि बिस्वस्त भए ।

तर जब नेपालबाट नेपाली समान हरु पर्दर्शनी गर्न समानको कार्गो सहित् आउनु पर्ने हाई प्रोफाइल बिजनेसमेनहरु एउटा ह्यान्द लगेजमात्र लिएर एयरपोर्टमा देखिए अनि सबैलाई बेइमानी भएको र नेपाली समुदाय , नेपाल सरकार र बेल्जियम सरकार प्रति बिश्वासघात भएको ठहर भयो । मेलामा गएर नेपाली सामानहरुको प्रदर्शनी गर्नु पर्ने ब्यक्ती हरु आफुहरुले युरोप बस्नको लागि १७ लाख रुपया सम्म बुझाएर आएकोले यहाँ कसरी बस्न सकिन्छ भन्दै स्पेन पोर्तुगल गएर पेपर बनाउने उपाय सोध्न थाले पछि राष्ट्रले पाएको सम्मानलाई केही ब्यक्तिले कमाउने धन्दा बनाएको थाहा भएको हो ।
त्यस पछि यो बिषयको छानबिन हुनु पर्छ र आर्थिक हिसाबकिताब देखाइनु पर्छ र दोशी उपर कार्यबाही हुनु पर्छ भन्ने आवाज उठि रहे पनि कुनै सम्यन्त्र बनेको थिएन । आर्थिक कृयाकलाप सबै नेपाली ब्यबसायी संघ बेल्जियमको ब्यान्क खाता बाट हुनु पर्ने निर्णय भए पनि त्यो पनि पालना भएको थिएन । संयोजक श्रेष्ठले सो मेलाबाट आफु १४ लाख घाटामा रहेको बताउदै आएक छन । उनले त्यो रकम नेपाल सरकार बाट लिइसकेको बताइएको छ । दुताबासले पनि वास्तविकता बुझ्ने प्रयास गरेको तर चित्त बुझ्दो जबाफ नपाएको बताएको छ ।
तर अब यो बिषयको वास्तविकता नेपाली समुदाय र नेपाल सरकारले छिट्टै थाहा पाउने र दोसी उपर कार्यबाही हुने आशा जगाएको छ । यदी यसो भएमा भबिस्यमा कुनै पनि सार्वजनिक महत्वका कामहरु गर्न सबैले सहयोग गर्नेछन । अन्यथा केही बिशेष महत्वका योजनाहरु गर्नु परेमा कसैले विश्वाश गर्ने बातावरण रहने छैन ।

Leave A Reply

Your email address will not be published.