तीन जिल्लाका नौ क्षेत्रमा काँग्रेस क्षेत्रीय अधिवेशन बाँकी

0

काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका क्रममा २४० निर्वाचन क्षेत्रमध्ये नौ क्षेत्रको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । धनुषा जिल्लाको पाँच क्षेत्र, महोत्तरीको तीन क्षेत्र र रसुवा गरी नौ क्षेत्रको क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
यी क्षेत्रबाट १०८ महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी छ । काँग्रेसको विधानअनुसार एक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति एवम् समानुपातिक समावेशी प्रतिनिधित्व सहित १२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।
“सिराहा, बारा, पर्सा, डोल्पा, कञ्चनपुर, बझाङ, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक र रसुवा गरी १० जिल्ला अधिवेशन गर्न बाँकी छ, केन्द्रीय महाधिवेशन अघि बाँकी रहेका जिल्ला अधिवेशन हुने सम्भावना कम छ, क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले छिटो गर्न निर्देशन दिएका छौँ” – उहाँले भन्नुभयो । सङ्खुवासभाको निर्वाचनमा दुई उम्मेदवारका बीचमा मत बराबर भएकाले थप प्रक्रिया अघि बढाइने भएको छ । भक्तपुरको जिल्ला अधिवेशन आज भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.