अनेरास्ववियुको आज मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । हिजो राति अबेरसम्म मनोनयन दर्ता सकिएपछि आज मतदान हुन लागेको हो । अध्यक्षका लागि नविना लामा र दीपक गौतम प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् । मनोनयन पनि प्यानलको तर्फबाट अध्यक्ष प्रत्यासीहरु लामा र गौतमले गराएका हुन् । लामा टिमबाट उपाध्यक्षहरुमा महेश बर्तौला, सुनिता बराल, रश्मि आचार्य र शैलेश लामाले उम्मेदवारी गराएका छन् । महासचिवका उम्मेदवार ऐन महर छन् ।
सचिवमा समिक बडाल, कमला बोहरा, दुर्गानन्द ठाकुर, आरसी लामिछाने, अमृत बुढा, बसन्त ढकाल, मकर खड्काको उम्मेदवारी लामाको समूहबाट परेको छ । कोषाध्यक्षमा झपिन्द्र खत्रीले उम्मेदवारी दिएका छन् । गौतम समूहका उपाध्यक्षहरुमा राधिका खतिवडा, नीलकण्ठ आचार्य, जीवन राई र सरोज यादवले उम्मेदवारी दिएका छन् ।
गौतम समूहले अब्दुल हुसेन खाँलाई महासचिवको उम्मेदवार बनाएको छ । सचिवमा सुदेश पराजुली, अशेष घिमिरे, भीम रावल, भक्तकुमारी लामा, आरती लामा, गौतम राई र बसिम आलमले उम्मेदवारी दिएका छन् । त्यसैगरी कोषाध्यक्षमा कमल शाहीले उम्मेदवारी दिएका छन् ।