काठमाडौं । मस्तिष्कघात भई उपचारका लागि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता नरहरी आचार्यको स्वास्थ्यमा केही सुधार आएको छ । उनको स्वास्थ्य पूर्णरुपमा ठीक हुन भने केही दिन लाग्ने चिकित्सकहरुले बताएका छन् । कांग्रेस सभापति सुशील कोइरालाको निधनको खबर सुनेको केही बेरपछि एक्कासी बेहोस भएका नेता आचार्यलाई उपचारका लागि न्यूरो अस्पतालमा भर्ना गरिएको हो ।
आचार्यको ब्लड प्रेसर क्रमशः नर्मल हुँदै आएको र स्वास्थ्यमा सुधार हुँदै आएको उनकी धर्मपत्नी शारदा शर्माले जानकारी दिइन । नेता आचार्यको स्वास्थ्य अवस्था बुझ्न आज पनि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु अस्पतालमा पुगेका छन् ।