गैरआवासीय सङ्घ स्तब्ध

0

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित निधनबाट स्तब्ध भएको जनाएको छ । सङ्घका अध्यक्ष शेष घलेले आज शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका कोइरालाको निधनबाट सङ्घले अभिभावक गुमाएको बताएको छ । सङ्घले दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन र काँग्रेस पार्टीमा समवेदना व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.