सुशिल कोइरालाको संक्षिप्त जीबनी

0

                नेपाली काङ्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको  जन्म सन् १९३९ मा पिता बोधप्रसाद कोइराला र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको थियो । सुशील अविवाहित थिए। वन अधिकृत पीता  बोधप्रसाद जागिरका सिलसिलामा  नेपालगन्ज पुगेपछि कोइराला त्यहीँ हुर्केका थिए ।

सुशील विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई उनी २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए।

वि. सं २०१७मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए।

उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन बिताएका थिए। वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशील २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन-१ मा सक्रियरूपमा लागेका थिए।

बीपी कोइरालाको निधनपछि नेता गिरिजाप्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशीलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए।

पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। लामो राजनीतिक करियरमा सरकारी लाभको पदमा नरहेका सुशील सन्त राजनैतिक नेताका रूपमा पनि परिचित थिए।

उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए।

२०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई उनले काम गरेका थिए। पार्टी सङ्गठनमा विशेष चासो लिने सुशील तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ (सन् १९९९) मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए। दोस्रो संविधानसभामा उनी बाँके र चितवनबाट निर्वाचित भएका थिए ।

सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनैतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। कोइरालाले सन् २००१मा संसदिय दलको नेता भने शेरबहादुर देउबासँग हारेका थिए।

सन् २०१० सेप्टेम्बर २२मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति चुनिए। सुशीलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो।

उनका निकट प्रतिद्वन्द्वी देउवाले १हजार ३ सय १७ मत मात्रै ल्याएका थिए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत संख्यामा दोहोरो अङ्क पनि कटाउन सकेनन्।

उनले ७८ मत मात्रै ल्याएका थिए। कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली थियो।

पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक-पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए।

२०४६ को जनआन्दोलनपछि २०४८ र २०५६मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए।

२०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक-पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए।

२००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवासमा बिताएका छन्। २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए।

समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्थ्यो।

उनैको नेतृत्वको सरकारका असोज ३ गते नेपालको नयाँ संविधान जारी गरेको  थियो । संविधान जारी भएपछि उनी सरकारबाट बाहिरिएका थिए ।

Leave A Reply

Your email address will not be published.