चिलीमा एनआरएनए गठन

चारदिशा, सम्बाददाता ,
गैर आबासीय नेपाली संघको ७२अौ सदस्य NCC भएको छ दक्षिण अमेरिकी देश चिली । करिब दुई सय नेपालीहरुको बसोबास रहेको चिलीमा आईतवार प्रबासी नेपालीहरुको एक भेलाले दुर्गा अर्यालको अध्यक्षतामा १० सदस्यीय गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चिलीको गठन गरेको छ ।
चिलीको राजधानी सान्तियागोमा भएको भेलाले नबिन सिखरकार लाई महासचिब चन्द्रजङग थापा कोषाध्यक्ष, अमर पुन युबा सँयोजक र बबी सिखरकार महिला संयोजिका चयन् गरेको छ ।
यस तदर्थ समितीले चिलीमा रहेका सबै नेपालीहरुलाई समेटेर सबैको साह्भागितामा अधिबेशन गर्ने जनाएको छ ।
चारदिशा सँग कुरा गर्दै तदर्थ समितिका अध्यक्ष दुर्गा अर्यालले नेपालीहरुको नयाँ गन्तब्यका रुपमा बिस्तारित हुँदै गरेको चिलीमा गैर आबासीय नेपाली संघको उद्यस्य अनुरुप सबै गैर आबसीय नेपालीहरुलाई एकताको सुत्रमा बाधेर ”नेपाली का लागि नेपाली” भन्ने नारालाई सार्थक बनाउन प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।