चारदिशा, सम्बाददाता, बेल्जियम ,

नेपाली भाषीहरुको साझा चौतारीको रुपमा स्थापित एबम जेठो संस्था ईन्द्रधनुष म्युजिक र स्पोर्ट क्लब बेल्जियमले  आफ्नो आठौ अधिबेशन सम्पन गरेको छ । प्रमुख अतिथी एन आर एन बेल्जियमका अध्यक्ष श्री गंगाधर गौतम र संस्थाका अध्यक्ष सुर्य ढकालले पानसमा बत्ती बालेर अधिबेशनको उद्घाटन् गर्नु भएको थियो ।
अधिवेशन को कार्यक्रम मा स्वागत मन्तब्य उपाध्यक्ष श्रीमती यसोदा थापाले गर्नु भएको थियो  भने सस्थाको प्रदिबेदन सस्थाका महासचिव श्री बिष्णु सापकोटा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्रीमती शान्ती भट्टराईले प्रस्तुत गर्नुभएको थियो | बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उद्घाटन सत्र को कार्यक्रम अध्यक्ष श्री सुर्य ढकालले समापन तथा कार्यसमिती भङग भएको घोषणा गर्नुभयो | लगत्तै ५ जनाको अध्यक्ष मन्डल हल बाट गठन भयो जस मा श्रीमती जानकी गुरुङ , श्री माधव सापकोटा, श्री दिनेश प्रसाद भण्डारी ,श्री दीपेन्द्र के सी ,श्री बोधराज पौडेल रहनु भएको थियो ।

आठऔ   कार्यकालको  लागि अध्यक्ष श्री मीन्ड गुरुङ, उपाध्यक्ष भोज जि. सि, माहासचिव श्री विश्व राज अर्याल ,कोषाध्यक्ष श्रीमती राइन बस्नेत ,सद्श्यहरु श्री जगदिश सापकोटा ,श्रीमती सुबर्ण अधिकारी ,श्री भरत मान श्रेष्ठ ,श्री नरहरी सापकोटा ,श्री जनक सुबेदी ,श्री निमा शेर्पा ,श्री अन्जन भट्टराई रहनु भएको छ । सम्पूर्ण उपस्तिथ महानुभावहरुले नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकालको सफलताको कामना गर्नु भयो |
नब निर्वचित अध्यक्ष श्री मीन्ड गुरुङ ले ईन्द्रधनुष अक्षय कोष सन्चालन गर्न को लागि १०००€ बाट सुरुगर्ने कुरा घोषणा गर्नु भयो। सन्कलन भएको रकम सस्कृतिक कार्यक्रम र खेल कुद मा खर्च गर्ने घोषणा गर्नु भयो ।