जनसांस्कृतिक कार्यक्रमसंगै एकता समाजको युरोपियन सम्मेलन हुदै

0

डिल्ली अंमाई,

नेपाली एकता समाजको युरोपियन सम्मेलन यहि जनवरी ३१ तारीकको दिन बेल्जियमको आन्थ्रोपेन सहरमा हुने भएको छ । आयोजकका अनुसार ”गणतन्त्र , राष्ट्रियता र रास्ट्र निर्माणका लागि संसारका सबै नेपालीहरु एक हौ” भन्ने आह्वानका साथ हुन लागेको उक्त सम्मेलनमा प्रमुख अतिथि नेपालि एकता समाजका अध्यक्ष मित्रलाल शर्मा बेल्जियम आइपुगेको कुरा अधिबेशनका संयोजक बालाकृष्ण कंडेल  जानकारी गराएका छन ।

अधिवेशनको कार्यतालिका अनुशार सोहि दिन दिउसको १ बजेबाट अधिवेशनको खुला सत्र सुरु हुने र बिच बिचमा जना गायक जीबन शर्माका देशभक्ति पूर्ण गीतबाट सबैले निशुल्क मनोरंजन लिने छन् ।

अधिवेशनको समाप्ति पछि रक्तिम सांस्कृतिक साँझ शुरु हुने छ । आयोजकले उक्त साँझलाइ देशभक्ति र जनताका आवाजले सम्पूर्ण बेल्जियमबासी  नेपालीलाइ मनोबैज्ञानिक  लगाव पैदा गराइने हुदा नेपाली बालबच्चा सहित सपरिवार आउनको लागि बिशेस अनुरोध गरेका छन् । नया पिढीले मुलुक भुल्दै गरेको अवस्थामा  यो साँझ अविस्मरणीय रहोस भन्ने आयोजकको चाहना रहेको संयोजकले बताए  ।

खालि माया प्रेमका रत्यौली संगीतले संगीतको मनोबिज्ञानलाई बिक्रित बनाइ रहेको अवस्थामा विख्यात जनगायक जिबन शर्माको गायनबाट सम्पूर्ण बाल मस्तिस्कमा देश भक्तिको बिरुवा रोपिनेमा सबै अभिभावक आशाबादी रहेको बुझिएको छ  ।

आयोजकले युरोप भरिका अधिवेशन प्रतिनिधि,बिभिन्न प्रबासी संघ संगठनका प्रतिनिधि सहित सबै सर्वसाधारण नेपालीहरुलाई उक्त निशुल्क सांस्कृतिक कार्यक्रममा आउनको लागि खुला आमन्त्रण गरेको छ ।   आन्थ्रोपेनमा अबस्थित ग्रूनप्लातस नजिकै रहेको  नेशनल होटलमा कार्यक्रम हुने आयोजकबाट जारी सुचनामा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.