पौडेलले उम्मेदवारी दिन खुट्टा नकमाउने

0

तनहुँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई पार्टी सपभाति हुनबाट कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नुभएको छ । रिपोर्टस क्लब तनहँुले आज गरेको साक्षात्कारमा पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी दिन यसपालि कुनै पनि हालतमा खुट्टा नकमाउने पनि स्पष्ट पार्नुभयो । आगामी फागुन तेस्रो हप्ता हुने महाधिवेशनमा संघिय संरचनाअन्तर्गत पदहरु सृजना गरिने बताउँदै पौडेलले संविधान कांग्रेसकै नेतृत्वमा बनेकोले यसको कार्यान्वयन प्रक्रियालाई कांग्रेसले नै अघि बढाउने बताउनुभयो । उहाँले महाधिवेशन निर्धारित समयमै हुने विश्वास ब्यक्त गर्नुभयो । उपसभापति पौडेलले मधेशीका अधिकांश माग पूरा भएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.