बेल्जियम काङ्रेसलाई केन्द्रको अधिबेशनको चटारो

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

नेपाली काङ्रेसको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले पार्टीको आगामी १३औ महाधिबेशनको लागि महाधिबेशन प्रतिनिधि र महासमिती सदस्य चयन  गर्ने प्रकृया सुरु गरेको छ । मंगलबार सम्पन समितिको बैठकले चयन प्रकृयालाई बिधिबत् अगाडि बढाउन समितिका अध्यक्ष सुभाश  जोशीको सन्योजकत्वमा ५ सदस्यिय समितिको निर्माण गरेको छ । समितिले महासमिती सदस्य र महाधिबेशन प्रतिनिधिका लागि उम्मेदवारी माग्ने र परेका उम्मेदवारी बिचबाट सहमति गराउने प्रयास गर्नेछ , सहमतिमा चयन् प्रकृया सम्पन  हुन नसके निर्वाचन प्रकृया बाट चयन् गर्ने छ ।
बैठकमा भएका निर्णयबारे महामन्त्रीको बिज्ञप्ती

आदरणीय नेपाली जनसम्पर्क समितिका सम्पूर्ण क्रियाशील सदस्य साथिहरु

यस जनसम्पर्क समिति बेल्जियमबाट आगामी नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा बेल्जियमबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोट को लागी आज मिति २६ जनवारी २०१६ का दिन बसेको बैठक बाट निम्न निर्णय हरु भयो ।

निर्णय हरु
१. महाधिवेशन प्रतिनिधि छनोट गर्न सहजीकरण का लागी अध्यक्ष सुभाष जोशी को अध्यक्षतामा पाच सदस्य कार्यदल गठन गरियो जसमा पूर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान, महामन्त्री चिनिया दुवाल, सदस्य नन्द राज घले, सल्लाहकार झलक के सी रहेका छन् र यस कार्य दललाई अधिकतम प्रयास बाट सर्व सम्वती रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न अधिकार प्रत्यायोजन गर्न र नभएको खण्डमा प्रजातान्त्रिक पद्ती द्वारा समेत छनोट गरिने निर्णय गरियो ।

२. नेपाली जनसम्पर्क समिति बेल्जियम को तर्फ बाट नेपाली कांग्रेस को क्रियाशील सदस्य रहनु भएका सक्रिय सदस्य हरुले आजका मिति देखि भोलि २७ जनवारी दिनको १४:०० बजे सम्म सस्थाको ईमेल ncbelgium@yahoo.com मार्फत तल तोकेको उम्मेद्वारी शुल्क सहित उम्मेद्वारी दर्ता गर्न सक्ने निर्णय गरियो र उम्मेद्वारी शुल्कको हकमा ईच्छुक व्यक्ति ले ऊम्मेद्वारी शुल्क निवेदन संगै यूरो ७५० बुझाउनु पर्ने निर्णय गरियो

३. ऊम्मेद्वार हुन् ईच्छुक महानुभाव हरुले हाल सम्मको लेबी शुल्क कोषाध्यक्ष लाई बुझाएको प्रमाण सहित आवेदन दिनु पर्ने छ ।

जय नेपाल
चिनिया दुवाल
महामन्त्री नेजस बेल्जियम

Leave A Reply

Your email address will not be published.