कम्युनिस्ट एकता हुन नसक्नु नेपालको बिडम्बना , विश्वकर्मा

0

चारदिशा, सम्बाददाता, बेल्जियम ,

नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमले नेपाल कम्युनिस्ट पार्टी माओवादीका स्थायी समिती सदस्य एबम प्रबक्ता खड्क बहादुर विश्वकर्मा ( प्रकान्ड ) को प्रमुख आथित्यतामा ”नेपालको बर्तमान राजनैतिक अवस्था तथा प्रवासी नेपाली को भूमिका ” भन्ने सिर्शकमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले नेपाली कम्युनिस्ट आन्दोलनले श्रीजना गरेको राजनितिक धारले जनताको तल्लो तह सम्म पुगेर समस्याको समाधान दिन नसकेकोले अझै शान्तीपूर्ण आन्दोलनको आबस्यकता छ भन्दै नेपाली कम्युनिस्टहरु एक हुन नसकेको कारण जन चाहना बमोजिमका काम हुन नसकेको स्वीकर्नु भयो ।

बिपी कोइराला , मदन भन्डारी जस्ता नेताहरुले लामो समय काम गर्न नपाउनु भएकोले आधुनिक नेपालको निर्माण प्रकृयामा अबरोध आएको र जनताले चाहे अनुसारको नयाँ नेता जन्मन नसकेको कारण सामान्तबाद र साम्राज्यबादले नेपालको राजनितीलाइ सधैं आफ्नो नियन्त्रणमा राख्न सफल भएको बताउनु भयो ।
नयाँ संविधानले नेपाली जनताको जनजीवन नफेरिएको र देश अझै संकटतर्फ वढ्दै गएकाले यो संविधान जन संविधान हुन नसक्ने तर्क गर्दै विश्वकर्माले नेपाली जनताको मुक्तीका लागि कम्युनिस्टहरु इमान्दार हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
वेल्जियमस्थित नेपाली वैचारिक संगठनका अध्यक्षहरु,एनआर एन वेल्जियमका अध्यक्ष,एनआरएन आइ सी सी केन्द्रिय सचिव लगायतले छोटकरीमा आआफ्ना संगठनका धारणाहरु राखेका थिए । वेल्जियमस्थित विभिन्न सामाजिक,सामुदायिक, जातीय तथा क्षेत्तयि संगठनका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको उक्त अन्तरकृया कार्यक्रममा बक्ताहरुले प्रबासी नेपाली समुदायको तर्फबाट देशको शान्ती र सम्ब्रिद्धीमा सधैं सहयोग रहने र राजनीतिक आन्दोलनहरु शान्तीपूर्ण गरिदिन हुन विश्वाकर्मालाई आग्रह गरेका थिए ।

मोर्चा अध्यक्ष प्रेम पाठकको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन कुल मगरले गनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.